महानायकको चक्करमा लाग्दा भुवन र शिव अभिनीत म्युजिक भिडियोको भयो बेहाल, हेरेनन् मानिसले !

पछिल्लो समयमा महनायक को भन्ने विषयमा निकै चर्चा भैरहेको छ । यस विषयमा नायक भुवन केसी र शिव श्रेष्ठले दिएको अन्तर्वार्ता निकै भाइरल भइरहेको छ । केही दिन पहिले दुई अभिनेता भुवन र शिवले दिएको अन्तर्वार्तामा अभिनेता हरुले महानायक राजेश हमाललाई भनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

पछिल्लो समयमा महानायक राजेश हमाल फिल्म क्षेत्रमा खासै सक्रिय नभएको कारणले उनलाई महानायक भन्न नमिल्ने जस्तो धारणा राख्दै अभिनेता शिव श्रेष्ठले पछिल्लो समयमा नेपाली फिल्म क्षेत्रमा नयाँ नयाँ फिल्म बजारमा ल्याएको र सयौँ मानिसलाई रोजगारी दिएको कारण महानायक भुवन केसी हुनु पर्ने धारण राखेका छन् ।

यसै बिचमा केहिदिन पहिले अभिनेता शिव श्रेष्ठ र उनले महानायक मान्न पर्छ भनिएका अभिनेता भुवन केसी अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको थियो । उक्त्त म्युजिक भिडियोलाई बुढा सुब्बा डिजिटल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको थियो । तर उक्त्त म्युजिक भिडियोले नराम्रो सँग धक्का खाएको छ । ‘डाँडाको बर पिपल’ नामक उक्त म्युजिक भिडियो सार्वजनिक गरेको आज १२ दिन भैसकेको छ । तर आज सम्म उक्त म्युजिक भिडियोमा जम्मा १ लाख ७० हजार जातिले हेरेका छन् भने भिडियोमा ८ हजार लाइक आउँदा ४ हजार डीस-लाइक आएको छ ।

यतिबेला यस भिडियोलाई मानिस हरुले नहेरिनुको कारण महानायकको बिषय हो भन्न सकिन्छ । भिडियोको कमेन्टमा भिडियोको तारिफ भन्दा पनि भुवन केसीले अन्तर्वार्ताको क्रममा राखेका धारणको मानिस हरुले खण्डन गरेका छन् । कमेन्टमा धरै मानिसले महानायकको बिषयमा भुवन र शिव श्रेष्ठले खण्डन नगरेको भए अहिले भुवन केसी र शिव श्रेष्ठ अभिनीत म्युजिक भिडियो हि-ट हुने धारण राखेका छन् ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१४:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाबुको मजाक गर्दा सोनाक्षीले कपिललाई हानिन् एक थप्पड, त्यस पछि कपिलले….