शनिबारलाई प्रकृतिमा अध्यारो दिन पनि भनिन्छ । शनिबार शनिदेव र भैरवको दिन पनि भनिन्छ । जीवनमा आइपर्ने सबै दु:ख र समस्याबाट छुटकारा पाउनको लागी शनिबारको दिन ब्रत राख्नु एकदमै राम्रो मानिन्छ । शनिदेव मानव जीवनमा राम्रो नराम्रो दुबै किसिमको कारक हुन् । भनिन्छ जसको कुण्डलीमा शनिको कृपा रहेको छ उसले राज योग सम्मको उपभोग गर्न पाउछ । त्यसतै जसको कुण्डलीमा शनि देवको नराम्रो दृष्टि परेको छ । उसलाई जीवनमा विभिन्न समस्य आउन सक्छ । आउनुहोस् आज हामी तपाई हरुलाई यस पोष्ट मार्फत भगवान शनिदेवाको दिन अर्थात् शनिवारको दिन भुलेर पनि गर्न नहुने यस्ता कार्यको बारेमा बताउने छौँ । अन्यथा भगवान शनि क्रोधित हुनेछन्
१. शनिबार रक्सी पिउनु सबैभन्दा घातक मानिन्छ। शनिबारको दिन रक्सीको सेवन गर्नाले तपाईको जीवनमा यसले एक किसिमको नकारात्मक परिणाम निम्त्याउछ ।
२ महिलाहरु शनिबारको दिन माइती जानु पनि शनिदेव अशुभ मान्दछन् ।
३ शनिबारको दिन कपाल तथा नंग काट्नु पनि अशुभ मानिन्छ ।
४ शनिबार तेल, काठ, कोइला, नुन, फलाम वा फलामका सामानहरु किन्नुहुँदैन । अन्यथा काममा समस्या उत्पन्न हुने, अचनाक कष्ट भोग्नु पर्ने हुनसक्छ।
५ शनिबार दुध र दुध जन्य पदार्थको सेवन गर्नु हुँदैन । यस दिन खोर्शानी र आपको अचारको पनि सेवन गर्नु हुँदैन ।
६ यस दिन झुटो बोल्नु पनि नराम्रो मानिन्छ । त्यस्तो त यस्तो कार्य कुनै पनि दिन गर्नु हुँदैन ।
७ यस दिन कसैको पनि अपमान हुने काम गर्नु हुँदैन । विशेष गरेर असक्त अपाङ्ग मानिसको अपमान गर्नु हुँदैन ।