एक पटक फेरी उर्वशीको पोस्ट इन्स्टाग्राममा भाइरल बनिरहेको छ। पोष्टमा अभिनेत्रीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको खबर जानकारी दिईन्।
बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो अभिनय र शैलीका कारण प्राय: चर्चामा रहन्छिन्। सामाजिक सञ्जालमा सक्रिय रहनुको कारण उर्वशीको फ्यानहरु धेरै छन्।
फ्यानहरु उत्सुकतासाथ उर्वशीको नयाँ पोस्टको प्रतिक्षामा छन्। यही कारणले गर्दा अभिनेत्री अक्सर आफ्नो फ्यानहरु माजमा फोटो र भिडियो सार्वजनिक गर्छिन् । एक पटक फेरी उर्वशीको पोस्ट इन्स्टाग्राममा भाइरल बनिरहेको छ।
एक पोस्टमा सर्वाजनिक गर्दै अभिनेत्रीले आफ्ना प्रशंसकहरुलाई भनिन् कि उनी भर्खरै सबैभन्दा प्रभावशाली बलिउड अभिनेत्री र सर्वश्रेष्ठ मानवतावादी जस्ता दुई अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइन्। उर्वशी यी दुई ठूला अवार्ड पाएर धेरै खुसी छिन्।
यहि कारणले होला अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर फ्यानहरुले निकै रुचाएका छन् र तस्बिरमा मायाको इमोजी कमेन्ट गरिहेका छन् । यतिबेला उर्वशिको तस्बिरले सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग पैदा गरिहेको छ । यतिबेला अभिनेत्रीको तस्बिरमा करिब ६ लाख भन्दा बधिल्के लाइक गरेका छन् ।