भदौ २ गतेको राशिफल : सोमबार १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

भदौ २ गतेको पञ्चाङ्ग

दिन : सोमवार
तिथि : दशमी, १७:५८ बजेपछि एकादशी
नक्षत्र : मृगशिरा, ०३:३७ बजेपछि आर्द्रा
योग : हर्षण, ०१:२६ बजेपछि वज्र
करण : वणिज, ०७:०५ बजेपछि भद्रा, १७:५८ देखि वव, ०४:५५ बजेउप्रान्त वालव

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन समाधानमुखी व्यवहारले सजिलो हुनेछ, कुनै संघर्ष हुनेछैन। लेखक तथा कलाकारका लागि समय अनुकूल छ। प्रेममा प्रगाढता बढ्नेछ। यद्यपि चिन्ता र थकानले उत्साह कम हुन सक्छ। साथीहरूसँग रमाइलो यात्राको योग छ।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

महत्त्वपूर्ण कार्य सम्पन्न गर्ने उत्तम समय हो। धन लाभ हुनेछ। शारीरिक र मानसिक दुवै तर्फ उत्साह रहन्छ। परिवारसँग खुसीको समय बिताउने मौका मिल्नेछ। नयाँ काम बिहानमै पूरा गर्न सकिने सम्भावना छ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिवारसँग केही मतभेद हुन सक्छ। स्वास्थ्यमा कमजोरी र मानसिक तनावको अनुभव हुनेछ। सुरु गरेको काम अधूरै रहने सम्भावना छ। तर पारिवारिक वातावरण भने मिलनसार रहनेछ। मनोरञ्जनमा खर्च बढ्ने देखिन्छ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापारमा लाभ हुने योग छ। रमाइलो स्थानमा घुमफिर हुनेछ। तर दिउँसोपछि स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी आँखासम्बन्धी समस्या। परिवारतर्फ खर्च बढ्ने सम्भावना छ।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ कार्यको आयोजना हुनेछ। अधूरा काम पूरा हुनेछन्। आफन्त वा नजिकका व्यक्तिबाट उपहार प्राप्त हुन सक्छ। परिवार र मित्रसँग रमाइलो क्षण बिताउने अवसर मिल्नेछ। छोटो वा सुखद यात्रा सम्भावित छ। व्यापारिक क्षेत्रमा पनि लाभ हुनेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यवसाय वा व्यापारबाट आर्थिक लाभ हुनेछ। लामो यात्राको सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। टाढा रहेका आफन्तबाट सहयोग प्राप्त हुनेछ। घरमा शान्ति र सन्तोष रहनेछ। सम्मान र प्रशंसा पाउँदा मन प्रसन्न हुनेछ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कार्यभारले मानसिक थकान आउनेछ। यद्यपि निर्धारित काम समयमा पूरा हुनेछ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। यात्रामा केही अवरोध आउन सक्छ। नयाँ कार्यको सुरुवातका लागि दिन उत्साहजनक हुनेछ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

शारीरिक तन्दुरुस्ती र मानसिक प्रसन्नता रहनेछ। खानपिनमा ध्यान दिनु आवश्यक छ। अन्यथा शारीरिक कमजोरी र मानसिक तनाव अनुभव हुनेछ। सुरु गरेका काम अपूरै रहन सक्छन्। यात्रामा अवरोध आउन सक्छ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दिन आनन्दमय र उत्साहपूर्ण रहनेछ। योजनाअनुसार काम पूरा हुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। घरायसी जीवनमा मधुरता रहनेछ। व्यापारीका लागि व्यापारमा विशेष लाभ हुने दिन हो।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिश्रमअनुसार कम फल मिल्नेछ। आफन्तसँगको सम्बन्ध सुमधुर हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। दिउँसोपछि अधूरा काम पूरा हुनेछन्। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक लाभको सम्भावना छ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

विद्यार्थी, कलाकार र खेलाडीका लागि दिन शुभ छ। पिता वा सरकारी तर्फबाट लाभ प्राप्त हुनेछ। आत्मबल मजबुत रहनेछ। पाचन समस्यामा सावधानी अपनाउनुहोस्। पढाइमा चासो बढ्नेछ। पैसासम्बन्धी व्यवस्थापन सफलतापूर्वक हुनेछ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तपाई कल्पनाको संसारमा रमाउनुहुनेछ। सिर्जनात्मक क्षमतामा उर्जाशक्ति थपिनेछ। परिवार वा साथीहरूसँग खानपानको रमाइलो हुनेछ। दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा प्रगति गर्ने राम्रो समय छ।

प्रकाशित : आइतबार, भदौ ०१, २०८२२१:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :