भदौ ३ गतेको राशिफल : मङ्गलबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

भदौ ३ गतेको पञ्चाङ्ग तथा राशिफल : 
दिन : मंगलवार
तिथि : एकादशी, १५:५५ बजेपछि द्वादशी
नक्षत्र : आर्द्रा, ०२:२८ बजेपछि पुनर्वशु
योग : वज्र, २२:४७ बजेपछि सिद्धि
करण : वालव, १५:५५ बजेपछि कौलव, ०३:०० बजेउप्रान्त तैतिल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बिहान केही मानसिक अलमलसँग सुरु हुन सक्छ। तपाईँको मीठो बोलीले अरुलाई प्रभावित पार्ने सम्भावना छ। पारिवारिक सम्बन्धमा नजिकिँदै जाने समय छ। दिउँसोपछि आत्मविश्वास र जोश बढ्नेछ। जिद्दी स्वभाव छोड्दा सम्बन्ध अझ राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन सामान्यतया लाभदायी रहनेछ। शरीर र मनमा ताजगी र आनन्द अनुभव हुनेछ। तपाईँको सिर्जनात्मक र कलात्मक क्षमता उजागर हुन सक्छ। दिउँसोतिर मनमा अनिश्चितता बढ्न सक्छ, त्यसैले महत्त्वपूर्ण निर्णय सोचेर लिनु उपयुक्त हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिन मिलेजुले फल दिनेछ। चिन्ता बढ्न सक्छ र स्वास्थ्यमा कमजोरी अनुभव होला। परिवारमा असमझदारी उत्पन्न हुने सम्भावना छ। तर दिउँसोपछि कार्य सहजतापूर्वक पूरा हुनेछन् र आर्थिक लाभ पनि हुनेछ। पारिवारिक वातावरणमा सुधार आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक र व्यवसायिक क्षेत्रमा लाभ पाउने दिन हो। महिला वर्गबाट विशेष सहयोग वा लाभ मिल्नेछ। प्रिय व्यक्तिसँग भेट सम्भावना छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ तर खर्च बढ्न सक्छ। परिवारमा असमझदारी हुन सक्ने हुँदा ध्यान दिनु उपयुक्त हुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन खुसी र रमाइलोमा बित्नेछ। व्यापार र कारोबारका लागि अनुकूल समय हो। परिवार तथा साथीभाइसँग रमाइलो पल बिताउने अवसर मिल्नेछ। सन्तानबाट लाभ हुनेछ। वैवाहिक सम्बन्धमा खुशी रहनेछ। छोटो भ्रमणको योग पनि छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कार्य सुरु गर्न अनुकूल समय आएको छ। कार्यक्षेत्र वा व्यवसायमा व्यस्तता बढ्नेछ। विदेश जाने चाहना भएकालाई राम्रो अवसर प्राप्त हुन सक्छ। घरायसी सम्बन्धमा मधुरता रहनेछ। अधूरा काम पूरा हुनेछन् र सम्मान पनि बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खानपानमा सचेत रहनुहोस्। मनमा गरेका सबै काम सजिलै नपूरा हुन सक्छन्। कामको बोझका कारण थकान र मानसिक तनाव बढ्न सक्छ। विदेशमा रहेका आफन्तसँग खबर आदानप्रदान हुने सम्भावना छ। धार्मिक वा आध्यात्मिक क्रियाकलापमा संलग्न भइने दिन हो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवारसँग सामाजिक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। छोटो यात्राको सम्भावना छ। तर दिउँसोपछि स्वास्थ्यमा समस्या आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुपर्छ। योग वा ध्यानमार्फत मानसिक शान्ति प्राप्त हुनेछ। वैवाहिक जीवन सुखद रहन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिन फलदायी र शुभ छ। शरीर र मन स्वस्थ रहने भएकाले अधूरा काम पुरा गर्न सक्नुहुन्छ। आर्थिक योजना सफलतापूर्वक अघि बढ्नेछ। सहकर्मी वा साथीहरूबाट सहयोग पाउनुहुनेछ। सामाजिक क्षेत्रमा पनि सफलता मिल्नेछ। व्यापार विस्तारको योग छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाईको विचार र मधुर बोलीले अरुलाई आकर्षित गर्नेछ। आर्थिक योजना सफल हुनेछन्। बोली र व्यवहारले नयाँ सम्बन्ध बनाउन सक्नुहुनेछ। दिउँसोतिर बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रत्येक कार्य आत्मविश्वासपूर्वक सम्पन्न गर्न सक्नुहुन्छ। सरकारी वा कानुनी काममा सफलता मिल्ने संकेत छ। विचारमा प्रगाढता बढ्नेछ। सजिलै काम सम्पन्न हुँदा मनमा सन्तोष रहनेछ। तर स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

चिन्ता घट्नेछ र उत्साह बढ्नेछ। परिवार र आर्थिक मामिलामा ध्यान दिनुपर्ने समय छ। कुनै पनि कार्य दृढ इच्छाशक्ति र आत्मबलका साथ सम्पन्न गर्न सक्नुहुन्छ। सन्तानमा खर्च बढ्न सक्छ। पितृ पक्षबाट लाभ प्राप्त हुने सम्भावना छ।

प्रकाशित : सोमबार, भदौ ०२, २०८२२१:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :