टप एण्ड टी-२० सिरिजपछि नेपालले ५ अभ्यास खेलहरू खेल्ने

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० सिरिज सकिएपछि थप पाँच अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार जारी गरेको विज्ञप्तिमा तयारीअन्तर्गतका यी खेलहरूका बारेमा जानकारी दिएको हो।

यस श्रृंखलामा नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

कार्यतालिका अनुसार, २६ अगस्टमा एसीटीविरुद्ध दुई टी–२० खेल हुनेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग दुई टी–२० खेल खेलिनेछ।

त्यसपछि ३० अगस्टमा साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय (वान डे) म्याच हुनेछ।

टप एन्ड टी–२० सिरिज आजदेखि सुरु हुँदैछ भने नेपालले पहिलो खेल भोलि खेल्नेछ।

प्रकाशित : बिहिबार, साउन ३०, २०८२०९:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :