काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साउन २६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गर्ने घोषणा गरेको छ।
दोस्रो चरणअन्तर्गत कम्पनीले रु १३ करोड ५४ लाख २३ हजार ५०० बराबरको १३ लाख ५४ हजार २३५ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
कुल शेयरमध्ये ३० हजार ९५ कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध हुनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन साउन २९ गतेसम्म छिटोमा बन्द हुनेछ भने आवश्यक परेमा भदौ ९ गतेसम्म खुला रहनेछ।
माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत रु १ अर्ब १३ करोड ६० लाख छ, जसअनुसार प्रतिमेगावाट लागत रु २२ करोड ९५ लाख पर्छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै ३१ वर्ष बाँकी छ।
कम्पनीका अनुसार, आयोजना सञ्चालनमा आएपछि लगानी फिर्ता हुने औसत अवधि ९.४३ वर्ष र छुट मूल्यमा १७.०९ वर्ष रहने अनुमान छ।
यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ।