काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँडपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ।
संस्थाले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा कुल २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको २३ हजार १०० कित्ता आईपीओको बिक्री तथा बाँडफाँड प्रक्रिया सम्पन्न भइसकेको छ।
अब दोस्रो चरणमा बाँकी आईपीओमध्ये ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई र १ हजार १५५ कित्ता कर्मचारीहरूको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता आईपीओ भने सर्वसाधारणका लागि खुला गरिनेछ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने म्याद साउन ३० गतेदेखि भदौ ३ गतेसम्म तोकिएको छ।
यस आईपीओको निष्कासन तथा बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले गर्नेछ।