काठमाडौँ : अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाल राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।
टोलीमा केही परिवर्तन गरिएको छ। स्कटल्यान्डमा सम्पन्न त्रिकोणात्मक सिरिजमा सहभागी रहेका किरण ठगुन्ना यसपटक टोलीमा समावेश भएका छैन। त्यस्तै, कुशल मल्लले पुनरागमन गरेका छन् भने चोटका कारण स्कटल्यान्ड भ्रमण छुटाएका सोमपाल कामी र गुलशन झाले यसपटक टोलीमा स्थान बनाएका छन्।
सिरिजमा कुल ११ टोलीको सहभागिता रहनेछ। नेपालले सिरिजको पहिलो खेल अगस्ट १५ मा स्ट्राइकविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजवंशी ।