साउन १९ गतेको पञ्चाङ्ग :
दिन : सोमवार
तिथि : दशमी, ०९:५५ बजेपछि एकादशी
नक्षत्र : अनुराधा, ०८:४३ बजेपछि ज्येष्ठा
योग : ब्रह्म, ०७:४१ बजेपछि ऐन्द्र
करण : गर, ०९:५५ बजेपछि वणिज, २२:४६ बजेउप्रान्त भद्रा
मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन शुभ रहने देखिन्छ । यद्यपि अपेक्षा अनुसार लाभ नहुन सक्छ, सामान्य आम्दानी भने हुने सम्भावना छ । पारिवारिक माहोल सुखद रहन सक्छ र साथीभाइको साथ र समर्थन प्राप्त हुनेछ । व्यापार व्यवसायमा क्रमशः सुधार देखिनेछ ।
वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च कम नहुन सक्छ, तर आम्दानीका नयाँ स्रोतहरू विस्तार हुँदै जानेछन् । मनमा शान्ति आउनेछ । परिवारको सद्भाव र मित्रहरूको सहयोगले आवश्यक कार्यहरूमा सफलता मिल्नेछ । अध्ययनतर्फ प्रगति सम्भव छ, यद्यपि दिन विशेष आकर्षक भने छैन ।
मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
दिनको शुरुवातमा स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुहोस्, विशेषगरी पेट सम्बन्धी समस्या देखिन सक्छ । खानपानमा ध्यान दिनुहोस् । दिनको उत्तरार्ध सामान्य रहनेछ र व्यवसायिक क्रियाकलापबाट केही आर्थिक लाभ हुनसक्छ ।
कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण समय हुन सक्छ । स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ । सहयोगभन्दा आलोचना बढी भोग्नु पर्ने अवस्था आउन सक्छ । यद्यपि व्यवसाय सम्बन्धी काममा सुधार देखिन सक्छ । मानसिक स्तरमा केही सकारात्मक परिवर्तन सम्भव छ ।
सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिनको पहिलो भाग फलदायी रहन सक्छ । काममा अपेक्षा गरेभन्दा राम्रो नतिजा मिल्ने संकेत छ । तर, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । घरपरिवारको आवश्यकताका कारण खर्च बढ्नेछ ।
कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन सकारात्मक रूपमा लिन सकिनेछ । सुरुमा साथीहरूसँग भेटघाट र रमाइलो हुनेछ । खर्चको सम्भावना कम छ । कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा व्यस्त रहनुहुनेछ । शिक्षा र अध्ययनमा पनि राम्रो गति देखिन सक्छ ।
तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चमा वृद्धि देखिन्छ । आफैले आयोजना गर्नुपर्ने सामाजिक कार्यहरू बढ्न सक्छन् । साथीहरूको प्रभावले खर्च बढ्न सक्छ, लाभ खासै नदेखिन सक्छ । मनमा निराशा आउनसक्छ, त्यसैले मानसिक स्थिरता कायम राख्नु उचित हुनेछ ।
वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
धैर्य र संयम आवश्यक छ । अड्चन ल्याउने तत्वहरू बढी देखिन्छन् । मानसम्मानमा खासै वृद्धि नहुन सक्छ, सुरुवाती घडीमा आर्थिक हानि पनि सम्भव छ । समयलाई शिक्षा र ज्ञानमा प्रयोग गर्नाले भविष्यमा लाभ हुनेछ ।
धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्थिरता नहुन सक्छ, जसका कारण कामहरूमा ढिलाइ आउन सक्छ । योजनाहरू पूर्ण गर्न समय लाग्नेछ । बङ्गलामुखीको दर्शन र पूजाआराधना फाइदाजनक हुनेछ । साथीहरूबाट आश्वासन पाइनेछ, तर ठोस सहयोग कम हुन सक्छ ।
मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य पक्ष कमजोर देखिन्छ, परिवारको पनि स्वास्थ्यमा खर्च लाग्ने सम्भावना छ । तर केही महत्त्वपूर्ण कार्यहरू सफल भई आर्थिक लाभ मिल्नेछ । बुद्धिमत्ताले व्यापारिक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ ।
कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी र खर्च सन्तुलनमा रहनेछन् । व्यापारमा सुधार आउने संकेत देखिन्छ । पढाइ र लेखाइमा मन लाग्नेछ र प्रगति हुनेछ । कानुनी वा विवादास्पद मामिलामा तपाईंको पक्ष बलियो रहनेछ ।
मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हिजोको तुलनामा निराशा कम हुनेछ, तर सोचेअनुसारको सफलता भने मिल्ने छैन । सानो मात्रामा आर्थिक लाभ सम्भव छ । कार्यको चाप भने बढ्दै जानेछ । स्वास्थ्य मध्यम स्तरको रहनेछ । बौद्धिक क्षमतामा सुधार आउने संकेत देखिन्छ । नारायणको दर्शन लाभदायक हुनेछ ।