काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। ग्रह एक राशि करिब एक महिनासम्म चल्छ, यसरी एक वर्षमा १२ राशिको चक्र पूरा हुन्छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। आइतबारको दिन कुन-कुन राशिलाई लाभ र कुन-कुन राशिका जातक सावधान रहनुपर्नेछ त ? पढ्नुहोस् मेष राशिदेखि मीन राशिसम्मको राशिफल : –
साउन १८ गतेको पञ्चाङ्ग
दिन : आइतवार
तिथि : नवमी, ०८:०२ बजेपछि दशमी
नक्षत्र : विशाखा, ०६:१२ बजेपछि अनुराधा
योग : शुक्ल, ०७:०७ बजेपछि ब्रह्म
करण : कौलव, ०८:०२ बजेपछि तैतिल, २१:०० बजेउप्रान्त गर
मेष राशि (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिनको सुरुवात उमंग र सकारात्मक ऊर्जा साथ हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य सन्तुलित रहनेछ। साथीभाइ र आफन्तसँग आत्मीयता बढ्नेछ। तर परिवारमा केही कुराले मन खिन्न हुन सक्छ। खानपानमा लापरवाही नगर्नुहोस् र संवाद गर्दा सौम्यता अपनाउनुहोस्।
वृष राशि (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मुटुमाथि द्विविधा छाउने भए पनि समय बित्दै जाँदा स्थिति अनुकूल बन्छ। धार्मिक कार्यमा खर्च बढ्नेछ। केही प्रिय व्यक्तिसँग दूरीको अनुभव हुनसक्छ। मध्यान्नपछि उत्साह र कार्यक्षमतामा वृद्धि हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ र परिवारसँग खुसी बाँड्न सकिनेछ।
मिथुन राशि (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
पुराना मित्र वा नयाँ चिनजानबाट लाभ प्राप्त हुनेछ। सरकारी वा प्रशासनिक काममा सहयोग मिल्नेछ। मध्यान्नपछि ध्यान पु¥याउनु पर्ने समय हुनेछ। धार्मिक कार्यमा संलग्न हुँदा सोच विचार गरी मात्र अघि बढ्नुहोस्। आर्थिक लेनदेनमा सतर्कता अपनाउनु उचित हुनेछ।
कर्कट राशि (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुरुवातमा मानसिक अशान्ति र शारीरिक थकानले केही असहजता हुनसक्छ। रिस वा उत्तेजनामा निर्णय नगर्नुहोस्। मध्यान्नपछिको समय सुधार उन्मुख हुनेछ। पारिवारिक वातावारण सुखद रहनेछ। कार्यक्षेत्रमा वरिष्टहरूसँग आवश्यक बैठक वा छलफल हुनेछ।
सिंह राशि (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यवसाय र पारिवारिक पक्ष दुवै सकारात्मक रहनेछन्। कामको चापले थकान दिन सक्छ, तर पछि सुधार आउनेछ। सामाजिक कार्यक्रममा सहभागिता हुनेछ। पुराना साथीहरूसँग भेटघाटले मन हलुका बनाउनेछ।
कन्या राशि (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तपाईंको सोच दार्शनिक र आध्यात्मिकतर्फ आकर्षित हुनेछ। बोल्दा विचार गरेर बोल्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। मध्यान्नपछि यात्रा वा स्थल परिवर्तनको सम्भावना छ। धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।
तुला राशि (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक सञ्जालमा प्रतिष्ठा बढ्नेछ। मनपर्ने व्यक्तिसँग भेट भएर हर्ष अनुभव हुनेछ। वैवाहिक सम्बन्धमा सन्तुष्टि मिल्नेछ। मध्यान्नपछि संचार र व्यवहारमा विशेष सतर्कता अपनाउनु राम्रो हुनेछ। ध्यान वा ध्यान केन्द्रित कार्यमा सफलता मिल्ने सम्भावना छ।
वृश्चिक राशि (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
उत्साहपूर्ण र व्यस्त दिन हुनेछ। व्यापारिक कार्यले सफलता ल्याउनेछ। विभिन्न व्यक्तिसँग विचार विमर्श हुनेछ। सामाजिक क्षेत्रबाट प्रशंसा मिल्नेछ। प्रेम सम्बन्ध वा वैवाहिक जीवनमा आनन्दको वातावरण रहनेछ।
धनु राशि (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुवातमा थकान र निरुत्साहता हुन सक्छ। धेरै कामको चापले दबाब महसुस हुनेछ। तर मध्यान्नपछि स्वास्थ्यमा सुधार र मन प्रफुल्ल हुने संकेत छन्। आफन्तहरूसँग खुसीका पल बिताउने मौका मिल्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ।
मकर राशि (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भावनामा बहिनु नदिनुहोस्, अत्यधिक संवेदनशीलता समस्याको कारण बन्न सक्छ। सन्तानप्रति चिन्ता रहनेछ। सरकारी वा कानुनी कागजातमा सावधानी आवश्यक छ। कुनै ठूलो निर्णय अगाडि सोचविचार गर्नु श्रेयस्कर हुनेछ।
कुम्भ राशि (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ काम सुरु गर्न सकारात्मक प्रेरणा मिल्नेछ। विचार र दृष्टिकोणमा तीव्र परिवर्तन सम्भव छ। लेखन, सिर्जनशील कार्य वा अभिव्यक्तिका माध्यमहरूमा राम्रो समय हो। मध्यान्नपछि परिस्थिति केही जटिल हुनसक्छ, संयमित रहनुहोस्। तपाईंको बोलीले अरूलाई असर पार्न सक्छ।
मीन राशि (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अत्यधिक खर्चको सम्भावना भएकाले वित्तीय व्यवस्थामा सावधानी अपनाउनुहोस्। मानसिक तनाव वा द्विविधा उत्पन्न हुनसक्छ। प्रेम सम्बन्ध वा साथीहरूसँग छलफल गर्दा संयम अपनाउनुहोस्। यद्यपि, बौद्धिक चर्चा वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ।