दरमखोला हाइड्रोको आईपीओ सर्वसाधारणलाई बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

यसअन्तर्गत पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ।

अब बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि, ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखी, बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणका लागि खुला गरिएको हो।

आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन साउन १५ गतेदेखि १९ गतेसम्म दिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई “IRN Double B Minus Issuer Rating” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

प्रकाशित : बिहिबार, साउन १६, २०८२०९:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिला टोलीलाई विश्वकप खेल्न सुवर्ण अवसर, टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने