काठमाडौँ : वैदिक ज्योतिषशास्त्रअनुसार, ग्रहहरूको राजा सूर्यले समय-समयमा राशिफल परिवर्तन गर्नुका साथै नक्षत्र गोचर पनि गर्दछन्। ज्योतिषीय गणनाअनुसार, हाल सूर्यदेव पुष्य नक्षत्रमा विराजमान छन्। तर, आगामी अगस्ट महिनामा सूर्यदेवले नक्षत्र परिवर्तन गर्नेछन्।
सूर्यदेव आज साउन १८ गते (३ अगस्ट सन् २०२५) अश्लेषा नक्षत्रमा प्रवेश गरेको छ र यो अवस्थामा साउन २८ गते(अगस्ट १३) गतेसम्म रहनेछन्। त्यसपछि सूर्यदेव भदौ १४ (अगस्ट ३०) गते पुनर्वसु नक्षत्रमा प्रवेश गर्नेछन्।
सूर्यको यो नक्षत्र परिवर्तन राशिचक्रका ४ वटा राशिहरूका लागि अत्यन्तै शुभ मानिएको छ। आउनुहोस्, जानौं सूर्यको यस नक्षत्र परिवर्तनले कुन कुन ४ राशिहरूको भाग्य हीराजस्तै चम्किनेछ।
कर्कट राशि
सूर्यको यो नक्षत्र परिवर्तन कर्कट राशिका लागि अत्यन्त अनुकूल मानिएको छ। कर्कट राशिका स्वामी चन्द्रमा हुन् र अश्लेषा नक्षत्र पनि यही राशिभित्र पर्छ। यस्तो अवस्थामा यस गोचरको प्रभावले कर्क राशिका व्यक्तिहरूलाई करियरमा उन्नति र पद-प्रतिष्ठा प्राप्त हुने योग बन्नेछ। रोकिएको कामहरू सम्पन्न हुनेछन् र पारिवारिक जीवनमा सुख-शान्ति तथा खुसीहरू बढ्नेछन्।
सिंह राशि
सूर्य सिंह राशिका स्वामी हुन्, त्यसैले अश्लेषा नक्षत्रमा सूर्यको प्रभावले सिंह राशिका व्यक्तिहरूलाई ऊर्जा र आत्मविश्वास प्रदान गर्नेछ। यसका साथै गोचरको अवधिमा जागिरे तथा व्यवसायीहरूलाई नयाँ उपलब्धिहरू हासिल हुने सम्भावना छ। सूर्य गोचरको समयमा आम्दानीमा पनि वृद्धि हुनेछ। समाजमा मान–सम्मान प्राप्त हुनेछ।
वृश्चिक राशि
सूर्यको नक्षत्र परिवर्तन वृश्चिक राशिका लागि शुभ फलदायी रहनेछ। यो अवधिमा आर्थिक लाभको राम्रो सम्भावना रहनेछ। नयाँ लगानी गर्न वा अड्किएको पैसा फिर्ता पाउने योग बलियो छ। पारिवारिक जीवनमा देखिएको तनाव कम हुनेछ भने नयाँ अवसरहरू पनि हात लाग्नेछन्।
मीन राशि
मीन राशिका लागि सूर्यको यो नक्षत्र परिवर्तन भाग्य वृद्धिकारी सावित हुनेछ। यस अवधिमा करियर र शिक्षाको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुने सम्भावना छ। सन्तान सुखको अनुभव हुनेछ र पारिवारिक सदस्यहरूको साथ र समर्थन प्राप्त हुनेछ।