काठमाडौँ : ज्योतिष शास्त्रमा शुक्रलाई विलासिता र धन–सम्पत्तिको कारक ग्रह मानिन्छ। अन्य शुभ ग्रहहरूको जस्तै, शुक्र पनि समय–समयमा आफ्नो चाल परिवर्तन गर्ने गर्दछ।
ज्योतिषीय गणनाअनुसार, आज साउन १६ गते(१ अगस्ट २०२५) मा शुक्रदेव आर्द्रा नक्षत्रमा प्रवेश गरेका छन्। यस्तो अवस्थामा शुक्रको यस नक्षत्र परिवर्तनले कुन ५ राशिका व्यक्तिहरूलाई लाभ पुग्नेछ, जानौं।
वृष राशि
शुक्रको यस नक्षत्र परिवर्तनले वृष राशि भएका व्यक्तिहरूलाई करियर, धन र सामाजिक प्रतिष्ठामा वृद्धि हुने राम्रो सम्भावना छ। साथै जागिरमा पदोन्नति र व्यापारमा नयाँ सम्झौताबाट पनि फाइदा हुन सक्छ।
कर्कट राशि
साउन १५ गते(१ अगस्ट २०२५) मा हुने शुक्रको नक्षत्र परिवर्तन कर्कट राशि भएका व्यक्तिहरूका लागि अत्यन्त अनुकूल र लाभदायक रहनेछ। शुक्रको यस नक्षत्र परिवर्तनले जागिरमा पदोन्नतिको योग बनाउनेछ। गोचरको अवधिमा व्यापारमा उल्लेखनीय आर्थिक प्रगति हुनेछ। वैवाहिक जीवन सुखद र सन्तुलित रहनेछ। लगानीबाट राम्रो मुनाफा प्राप्त हुने सम्भावना छ।
तुला राशि
तुला राशि भएका व्यक्तिहरूका लागि पनि शुक्रको यो गोचर शुभ र लाभदायक रहनेछ। यस अवधिमा सरकारी जागिर गर्नेहरूलाई विशेष लाभ प्राप्त हुनेछ। व्यापारमा आर्थिक स्थिति अनुकूल रहनेछ। पहिले गरिएको लगानीको राम्रो परिणाम प्राप्त हुनेछ। धनको अवस्थामामा उल्लेखनीय सुधार आउनेछ। घर-परिवारमा सुख–शान्ति र खुसी छाउनेछ।
कुम्भ राशि
शुक्रको नक्षत्र परिवर्तन कुम्भ राशि भएका व्यक्तिहरूका लागि अत्यन्त शुभ रहनेछ। यस अवधिमा विदेश यात्रा गर्ने अवसर मिल्न सक्छ। व्यापारको दृष्टिले यो समय लाभदायक सावित हुनेछ। व्यवसायीहरूले यस अवधिमा उल्लेखनीय धन लाभ प्राप्त गर्नेछन्। कुनै ठूलो प्रोजेक्टमा काम गर्ने र मुनाफा कमाउने मौका पाइनेछ। करियरमा ठूलो परिवर्तन आउनेछ, जसले फाइदा दिनेछ।
मीन राशि
शुक्रको यो नक्षत्र परिवर्तन मीन राशि भएका व्यक्तिहरूका लागि अत्यन्त शुभ मानिएको छ। गोचरको अवधिमा आम्दानीमा वृद्धि, जागिरमा पदोन्नति, व्यवसायमा नयाँ अवसरहरू र नेटवर्किङमार्फत लाभ प्राप्त हुन सक्छ। आर्थिक स्थिति निकै सशक्त रहनेछ। कुनै ठूलो ऋणबाट छुटकारा पाउने सम्भावना पनि छ।