काठमाडौँ : ज्योतिष शास्त्र अनुसार हरेक ग्रह निश्चित समयमा राशि परिवर्तन गरेर अन्य ग्रहहरूसँग मिलेर शुभ-अशुभ योग बनाउँछन्। अग्नि तत्वको ग्रह मंगल साउन १२ गते(२८ जुलाई) सोमबार गोचर गरी कन्या राशिमा प्रवेश गर्न गरेका छन्। उता, शनि मीन राशिमा रहेका छन्। मंगलको यो गोचरका कारण शनि र मंगल एकअर्काबाट सातौं भावमा रहनेछन्, जसबाट समसप्तक योग बन्नेछ।
शनि र मंगलको दृष्टि सम्बन्धबाट बन्न लागेको समसप्तक योग सिंह लगायत ४ राशिहरूका लागि विशेष रूपमा अशुभ साबित हुन सक्छ। त्यस्तै, राहुको स्थिति पनि राम्रो भन्न सकिन्न। शनि, राहु र मंगलको यो अवस्थाले देश-दुनियाँमा तनाव बढाउनेछ र धेरै राशिहरूको करियरमा संकट ल्याउने सम्भावना छ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूका लागि मंगल र शनिको समसप्तक योगले प्रतिकूल परिणाम ल्याउन सक्छ। गरेका कामहरूमा पटक–पटक असफलता भोग्नुपर्नेछ। बोलीमा कठोरता बढ्नेछ। सम्बन्धहरू बिग्रिने सम्भावना छ। आर्थिक नोक्सानी पनि हुन सक्छ। त्यसैले लगानीबाट जोगिनु राम्रो हुन्छ।
कन्या राशि
मंगलको गोचर कन्या राशिमै हुँदैछ र यही राशिमै रहेर उनले शनिसँग समसप्तक योग बनाउनेछन्। जसका कारण यस राशिका जातकहरूलाई करियर र व्यक्तिगत जीवनमा समस्या आउन सक्छ। सम्बन्धहरूमा गलत बुझाइहरू बढ्न सक्छन्। तपाईले सही निर्णय लिन सक्नुहुनेछैन। स्वास्थ्यसमेत बिग्रिन सक्छ।
धनु राशि
मंगल र शनिको समसप्तक योग धनु राशिका जातकहरूलाई कष्टदायक हुन सक्छ। तपाई असन्तुष्ट र अशान्त रहन सक्नुहुन्छ। नयाँ चुनौतीहरूको सामना गर्नुपर्न सक्छ। तपाईमाथि ईर्ष्या गर्ने व्यक्तिले तपाईका विरुद्ध षड्यन्त्र गर्न सक्छ। तपाईंको स्वास्थ्य तनावको कारण बन्न सक्छ। मेहनत धेरै गर्नुपर्ने अवस्था आउन सक्छ।
मीन राशि
मीन राशिमै शनि रहेका छन् र मंगलसँगको उनीहरूको स्थिति यस राशिका जातकहरूलाई नोक्सान गराउने सम्भावना छ। कुनै महत्वपूर्ण व्यक्ति तपाईसँग रिसाउन सक्छ। गलत बुझाइहरू बढ्नेछन्। जति सकिन्छ, सबैसँग राम्रो सम्बन्ध बनाएर अघि बढ्नुहोस्। कामकाजमा समस्या आउन सक्छ। झगडा–विवादबाट जोगिनु राम्रो हुन्छ।