सूर्य केतु युति: ग्रहहरूको राजा सूर्य हाल कर्कट राशिमा छन् र भदौ महिनामा गोचर गरेर सिंह राशिमा प्रवेश गर्नेछन्। सूर्यको सिंह राशिमा प्रवेशले केतुसँग शक्तिशाली योग निर्माण गर्नेछ।
सूर्य ग्रहले प्रत्येक महिनामा राशि परिवर्तन गर्छन् भने केतुले डेढ वर्षमा एकपटक राशि परिवर्तन गर्छन्। हालको समयमा केतु सिंह राशिमा छन् र सूर्य कर्कट राशिमा रहेका छन्।
भदौ १ गते (१७ अगस्ट)सूर्य गोचर गरी सिंह राशिमा प्रवेश गर्नेछन्। यसले गर्दा सिंह राशिमा सूर्य र केतुको शक्तिशाली योग बन्नेछ। सामान्यतः सूर्य–केतुको योग अशुभ मानिन्छ, तर यसपटक यो योग ३ वटा राशिहरूका लागि अत्यन्तै शुभ रहनेछ। सूर्य र केतु ग्रहहरूले ती राशिहरूको लागि सुनौलो समयको सुरुवात गराउन सक्छन्। उनीहरूले धन, सम्पत्ति र प्रसिद्धि प्राप्त गर्न सक्छन्। जान्नुहोस् ती सौभाग्यशाली राशिहरू कुन–कुन हुन्।
वृष राशि
वृष राशिका जातकहरूका लागि सूर्य र केतुले अत्यन्त सकारात्मक फल दिनेछन्। यी जातकहरूले भौतिक सुख–सुविधा प्राप्त गर्नेछन्। घर र सवारी साधनको सुख मिल्नेछ। पैतृक सम्पत्ति प्राप्त हुन सक्छ। करियरमा पदोन्नति हुने सम्भावना छ। अचानक धन लाभ हुनेछ। तपाईका शत्रुहरू आफैँ पछि हट्नेछन्।
कर्कट राशि
कर्कट राशिका व्यक्तिहरूलाई पनि सूर्य र केतुको संयोजनले लाभ दिनेछ। तपाईको व्यक्तित्व निखारिनेछ। सञ्चार कौशल राम्रो रहनेछ। नयाँ सम्पर्कहरू बन्नेछन् र तिनबाट तपाईलाई फाइदा हुनेछ। अचानक धन लाभ हुने सम्भावना छ, जसले तपाईको आर्थिक स्थिति मजबुत बनाउनेछ। धन–सम्पत्ति र लगानीबाट लाभ प्राप्त हुनेछ।
वृश्चिक राशि
सूर्य र केतुको योग वृश्चिक राशिका जातकहरूलाई शुभ फल दिनेछ। भाग्यको साथ प्राप्त हुनेछ। देश–विदेश यात्रा गर्ने अवसर मिल्नेछ। धर्म–कर्ममा रुचि बढ्नेछ। प्रतिस्पर्धात्मक परीक्षामा सफलता प्राप्त हुन सक्छ।