असार ३२ गतेको राशिफल : महिनाको अन्तिम दिन १२ राशिहरुलाई शुभ – अशुभ कस्तो रहला ?

असार ३२ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : बुधवार
तिथि : षष्ठी, २०:१५ बजेपछि सप्तमी
नक्षत्र : पूर्वभाद्रपदा, ०६:०४ बजेपछि उत्तरभाद्रपदा, ०४:४९ बजेउप्रान्त रेवती
योग : शोभन, १२:५६ बजेपछि अतिगण्ड
करण : गर, ०९:१५ बजेपछि वणिज, २०:१५ बजेउप्रान्त भद्रा

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
मन अस्थिर भएपछि निर्णयहरूमा अलमल हुन सक्छ। नोकरी र व्यवसायमा प्रतिस्पर्धात्मक माहोल देखिन्छ। विदेश जाने योजनाले सार्थकता पाउनेछ। नयाँ योजनाहरूमा लाग्ने प्रेरणा प्राप्त हुनेछ। रमाइलो यात्राको सम्भावना प्रबल छ। लेखन र बौद्धिक कामका लागि अनुकूल समय हो। यद्यपि महत्वपूर्ण निर्णयहरू रोक्न नै बुद्धिमानी हुनेछ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
मनमा द्विविधा छाउने हुँदा सही निर्णय गर्न गाह्रो पर्न सक्छ। सानो चुकले अवसर गुम्न सक्छ, सतर्क रहनुहोला। रिस उठ्ने प्रवृत्तिले विवाद निम्त्याउन सक्छ। कलाकार तथा लेखकहरूले आफ्ना सीप प्रदर्शन गर्ने राम्रो मौका पाउनेछन्। बोलीको प्रभावशाली प्रयोगले अरूलाई आकर्षित गर्न सक्नु हुनेछ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
दिन लाभदायक रहनेछ। आफन्त तथा साथीसँग समय बिताउँदै मिठो भोजनको आनन्द लिनु हुनेछ। आर्थिक लाभका साथमा उपहार पाउने योग पनि छ। मन प्रसन्न रहनेछ। रमाइलो यात्राको संकेत देखिन्छ। वैवाहिक सम्बन्धमा मिठास छाउने छ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। मानसिक तनावले काममा एकाग्रता घटाउन सक्छ। पारिवारिक तर्कवितर्कले मन खिन्न बन्न सक्छ। आमाको स्वास्थ्यमा चिन्ता थपिन सक्छ। खर्चमा पनि वृद्धि देखिन्छ। यद्यपि, मित्रको साथले केही राहत मिल्नेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
समय लाभदायक रहेको छ, तर कार्यमा ढिलाइले अवसर गुम्न सक्छ। साथीहरू र महिला मित्रको सहयोग लाभदायक रहनेछ। नोकरी र व्यापारमा उन्नतिको संकेत छ। वैवाहिक जीवन सन्तोषजनक रहनेछ। सन्तान र जीवनसाथीबाट खुशी मिल्नेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
नयाँ काम थालनी गर्न अनुकूल समय हो। व्यापारमा सफलता मिल्नेछ। अड्किएको लगानी उठ्नेछ। जागिरमा पदोन्नति सम्भव छ। पिताको साथले लाभ मिल्ने देखिन्छ। पारिवारिक वातावरण खुसीमय हुनेछ। सरकारी कामहरू सहजै सम्पन्न हुनेछन्।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
धार्मिक यात्राको संकेत छ र सफलता पनि मिल्नेछ। विदेश यात्रा गर्ने सोच छ भने, अहिले उपयुक्त समय हो। सन्तानको स्वास्थ्यमा चिन्ता थपिन सक्छ। उच्च अधिकारी र सहकर्मीको सहयोग मिल्नेछ। बोलीको प्रभाव अझै प्रबल हुनेछ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
विशेष सावधानी अपनाउनु पर्ने दिन हो। नयाँ योजना सुरु गर्नका लागि समय अनुकूल छैन। रिसको कारण गलत निर्णय हुन सक्छ। समयमै खाना नखाएमा स्वास्थ्य बिग्रन सक्छ। सरकारी वा प्रशासनिक निकायबाट लाभ मिल्ने सम्भावना छ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
बौद्धिक तथा लेखन कार्यका लागि राम्रो समय हो। साथीहरूसँग रमाइलो यात्रा र स्वादिलो भोजनको मजा लिन सक्नुहुन्छ। नयाँ लुगा लगाउने अवसर आउन सक्छ। विपरीत लिङ्गतर्फ आकर्षण बढ्ने संकेत देखिन्छ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
व्यापार विस्तार र आर्थिक लाभको दिन हो। कारोबार सहज हुनेछ। पारिवारिक शान्ति कायम रहनेछ। सहकर्मी वा साथीबाट सहयोग पाइनेछ। आमाबाट शुभ समाचार प्राप्त हुने सम्भावना छ। प्रतिस्पर्धालाई जित्ने आत्मबल हुनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
सन्तानका विषयमा चिन्ता बढ्न सक्छ। पेट सम्बन्धि समस्या सताउन सक्छ। अचानक विचार परिवर्तनले मानसिक अस्थिरता आउन सक्छ। यात्रा गर्दा समस्याको सामना हुन सक्छ। तर दिउँसोपछि स्वास्थ्यमा सुधार आउनेछ। पिताबाट सहयोग प्राप्त हुनेछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
शारीरिक तथा मानसिक रूपमा डर महसुस हुन सक्छ। आफन्तसँग झगडा वा विवादको सम्भावना छ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। निन्द्रामा समस्या देखिन सक्छ। धन र प्रतिष्ठामा हानि हुनसक्छ, सतर्क रहनुहोला। बोलीको प्रभावमार्फत अरूलाई प्रभावित गर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, असार ३१, २०८२२०:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन १ गतेको राशिफल : महिनाको पहिलो दिन बिहीवार १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?