साउन १ गतेको पञ्चाङ्ग
दिन : बिहीवार
तिथि : सप्तमी, १८:०३ बजेपछि अष्टमी
नक्षत्र : रेवती, ०३:२२ बजेपछि अश्विनी
योग : अतिगण्ड, १०:११ बजेपछि सुकर्मा
करण : भद्रा, ०७:११ बजेपछि वव, १८:०३ देखि वालव, ०४:५४ बजेउप्रान्त कौलव
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
मन स्थिर नरहने हुँदा केही मानसिक तनाव महसुस हुन सक्छ। शारीरिक थकानले पनि काममा ऊर्जा घटाउन सक्छ। आर्थिक क्षेत्रमा जोखिम नलिनु नै बुद्धिमानी हुनेछ। महत्वपूर्ण कागजात वा पत्रहरूमा ध्यान पुर्याउनुहोस्, लापरवाहीले नोक्सानी हुन सक्छ। मध्यान्नपछि भने काममा सहजता आउन सक्छ। सानो प्रयासले पनि राम्रो परिणाम दिन सक्छ। साथीहरूको साथले मन हल्का बनाउनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
व्यवहारिक कामहरूमा सफलता मिल्ने योग छ। पुराना साथी वा मान्यजनसँग भेटघाट हुनेछ, जसले मन रमाउनेछ। नयाँ मित्रताको सुरुवात हुनेछ। सन्तानको सफलता वा प्रगतिले मन खुसी हुने सम्भावना छ। तर मध्यान्नपछि थकान र उदासी छाउनेछ। मानसिक रूपले अलिकति अशान्ति अनुभव हुन सक्छ। धार्मिक कार्यमा खर्च बढ्न सक्छ। आफ्नो भावना नियन्त्रण गर्न नसक्दा नजिकका व्यक्तिसँग मतभेद पनि हुनसक्छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
व्यापार व्यवसायमा संलग्नहरूका लागि विशेष फलदायी दिन हुनेछ। कारोबारमा वृद्धि र सफलता प्राप्त हुनेछ। पिता वा वरिष्ठ व्यक्तिबाट लाभ मिल्ने संकेत छ। नयां अवसरको ढोका खुल्न सक्छ। पारिवारिक जिम्मेवारी पूरा गर्न सहयोग मिल्नेछ। सामाजिक सम्पर्क बढ्नेछ, जसले भविष्यमा फाइदा पुर्याउनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
दिन धार्मिक र आध्यात्मिक रुचिमा बित्नेछ। तीर्थयात्रा वा पूजापाठको अवसर मिल्नेछ। तन र मन दुवै तर्फ सन्तुलन महसुस हुनेछ। भाग्यको साथ रहने भएकाले जटिल कामहरू सजिलै सुल्झनेछन्। भाइबहिनी वा पारिवारिक सदस्यसँग खुसीका पल बाँड्ने मौका मिल्नेछ। नयाँ कुरामा चासो जाग्नेछ। अध्ययन वा अध्यापनसँग सम्बन्धित कुरामा पनि प्रगति देखिनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
दिन केही कठिनाईपूर्ण रहनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, विशेषगरी खानपानमा विशेष सावधानी अपनाउनुहोस्। नकारात्मक विचारहरूले मनमा अशान्ति ल्याउन सक्छन्। पारिवारिक माहोलमा पनि तनाव आउन सक्ने सम्भावना छ। सकारात्मक सोच र धैर्यताले दिन सहज बनाउन सकिन्छ। कुनै पनि निर्णय लिँदा समय लिएर सोचविचार गर्नुहोस्।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
दिन रमाइलो र सहयोगी रहनेछ। जीवनसाथीसँग विशेष पल बिताउने मौका मिल्नेछ, दाम्पत्य सम्बन्धमा मधुरता हुनेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण महसुस हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। दिन मान-सम्मान मिल्ने सम्भावना छ। नयाँ परियोजनाको आरम्भ गर्न अनुकूल समय हो। सहयोगीको साथले काम सजिलो बन्नेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
घरमा शान्ति र हर्षको वातावरण रहनेछ। रमाइलो घटना घट्ने सम्भावना छ। काममा सफलता र प्रशंसा मिल्नेछ। आवश्यक खर्चहरू बढ्ने भए पनि त्यसबाट लाभ हुनेछ। माईती पक्षबाट सन्देश वा समाचार आउनेछ। आर्थिक रूपमा दिन लाभदायक रहनेछ। नयाँ सम्पर्क र सहयोग प्राप्त हुन सक्छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
सन्तानका कारण केही चिन्ता बढ्न सक्छ। मानसम्मानमा क्षति पुग्ने सम्भावना रहेकाले बोली र व्यवहारमा सजग रहनुहोस्। शेयर वा जोखिमयुक्त लगानी नगर्नु नै हितकर हुनेछ। विधार्थी वर्गले भने अध्ययनमा सफलता पाउनेछन्। कुनै पुरानो आर्थिक योजना सफलतासाथ सम्पन्न हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
शारीरिक र मानसिक दुवै तर्फ ऊर्जा कम महसुस हुनेछ। मनमा चाप र तनाव रहनेछ। पारिवारिक सम्बन्धमा खासगरी आमासँग मतभेद आउन सक्छ। आमाको स्वास्थ्यप्रति ध्यान दिनुहोला। सामाजिक प्रतिष्ठामा आँच नआओस् भनेर विचारपूर्वक बोल्नुहोस्। आलोचनाबाट बच्न मौनता उपयोगी हुनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
दैनिक कार्यहरूमा सहजता रहनेछ, कामहरू सन्तोषजनक रूपमा अगाडि बढ्नेछन्। गृहस्थ जीवनमा आउने समस्या समाधानतर्फ जानेछ। जग्गा जमिन वा सम्पत्ति सम्बन्धि काम अघि बढ्न सक्छ। आर्थिक लाभ मिल्ने संकेत छ। पारिवारिक वातावरणमा सुधार देखिनेछ। रमाइलो घुमफिरको सम्भावना पनि छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
बोलीमा नियन्त्रण राख्नुपर्ने दिन हो। विवादमा नजाने प्रयास गर्नुहोस्, नत्र समस्या बढ्न सक्छ। अनावश्यक खर्चले तनाव दिन सक्छ। काममा पूरा सफलता नआउने हुँदा धैर्य राख्नुहोस्। स्वास्थ्य बिग्रनसक्ने भएकाले आराममा ध्यान दिनुहोस्। विधार्थीहरूको अध्ययनमा केही अवरोध आउन सक्छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
दिन खुसी र उत्साहमा बित्नेछ। घरमा मांगलिक कार्यको आयोजना हुनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय हो। आफन्त र मित्रहरूसँग भेटघाटको योग छ। घुमघाम वा बाहिरी भोजनको अवसर मिल्नेछ। मानसिक रूपमा ताजगीको अनुभव हुनेछ। आशावादी सोचले नयाँ प्रेरणा ल्याउनेछ।