असार २५ गतेको पञ्चाङ्ग
दिन : बुधवार
तिथि : चतुर्दशी, ०१:१६ बजेपछि पूर्णिमा
नक्षत्र : मूल, दिनरात, त्यसपछि मूल
योग : ब्रह्म, २३:२५ बजेपछि ऐन्द्र
करण : गर, १२:४४ बजेपछि वणिज, ०१:१६ बजेउप्रान्त भद्रा
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
तपाईको मानसिक स्थिति सन्तुलित रहनेछ, तर धैर्य हराउन नदिनुहोस्। पारिवारिक सहयोग मिल्ने सम्भावना बलियो छ, विशेष गरी आमाबाट आर्थिक लाभ प्राप्त हुन सक्छ। वैदेशिक रोजगारीका लागि प्रयासरत व्यक्तिहरूलाई अवसर प्राप्त हुने संकेत देखिन्छ। यद्यपि खर्च बढ्नेछ, त्यसैले आर्थिक व्यवस्थापनमा ध्यान पुर्याउनुहोला। व्यापार सन्तोषजनक रूपमा अगाडि बढ्नेछ। आमासँग सामान्य वैचारिक मतभेद आउन सक्छ। शैक्षिक क्षेत्रमा केही चुनौती देखिन्छ र सन्तानका कारण मन चिन्तित बन्न सक्छ। साथीसँगीसँग रमाइलो भेटघाट हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
बुवाको स्वास्थ्यमा ध्यान दिनुपर्ने दिन हो। जीवन केही अस्थिर देखिन सक्छ, तर धार्मिक स्थलको यात्राले मानसिक सान्त्वना दिनेछ। संगीतप्रति रुचि जाग्नेछ। साथीसँगीको सहयोगले आर्थिक लाभ लिन सकिनेछ, तर व्यापारमा अलि बढी सतर्कता आवश्यक देखिन्छ। केही अनपेक्षित कठिनाइ आउन सक्छन्। तपाईंको स्वभावमा चिडचिडोपन देखा पर्न सक्छ, तर दाजुभाइबाट सहयोग मिल्नेछ। आफ्नो इच्छा विपरीत जिम्मेवारी आउन सक्छ, जसले मनमा अस्थिरता ल्याउनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
नकारात्मक सोचको प्रभाव रहन सक्छ, सतर्कता आवश्यक छ। साथीसँगीको सहयोगले तपाईं सम्पत्तिमा लगानी गर्न प्रेरित हुनुहुनेछ। बोलीमा प्रभाव हुनेछ, जसले रोकिएका काम सफल बनाउन मद्दत गर्नेछ। पारिवारिक ठूला सदस्यबाट आर्थिक लाभ मिल्ने सम्भावना छ। प्रेमसम्बन्धमा विश्वासको वातावरण बन्नेछ। तर पारिवारिक समस्याले तनाव ल्याउनेछ, बुवासँग विचार फरक पर्न सक्छ। धार्मिक स्थलमा यात्राको सम्भावना छ, जसले सकारात्मकता दिनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
आत्मविश्वास उच्च हुनेछ, तर क्रोध नियन्त्रणमा राख्नु आवश्यक छ। संवादमा सन्तुलन कायम गर्नुहोस्। व्यापारमा वृद्धि हुने संकेत छन् र सम्पत्तिबाट आम्दानी हुने योग छ। यद्यपि मानसिक अशान्ति छाउनेछ। भौतिक सुविधा विस्तारमा खर्च बढ्नेछ। कार्यक्षेत्रमा कडा मेहनत गर्नु पर्नेछ, तर त्यसैसँग केही निराशा पनि अनुभव हुन सक्छ। यद्यपि शैक्षिक तथा बौद्धिक प्रयासमा सफलता प्राप्त हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
तपाईंको बोली प्रभावशाली रहनेछ, व्यापारमा सुधार आउनेछ र लाभका अवसर देखिनेछन्। मिठो खानेकुरामा रुचि बढ्न सक्छ। काममा अधिकारीको सहयोग प्राप्त हुनेछ र मनमा शान्तिको अनुभूति हुनेछ। तर कुराकानीमा धैर्य अपनाउनु आवश्यक छ। पुरानो साथीको पुनः सम्पर्कले उत्साह बढाउनेछ। अनियोजित खर्चले चुनौती दिन सक्छ। आमाको स्वास्थ्यप्रति सतर्क रहनुहोस् र अनावश्यक तनावबाट टाढा रहनुहोस्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
मनोबल उच्च रहनेछ र कार्यक्षेत्रमा परिवर्तनको सम्भावना देखिन्छ। कुनै विशेष योजनामा सफलता मिल्नेछ। आर्थिक रूपमा लाभ मिल्नेछ, यद्यपि काममा फेरबदलको आवश्यकता पर्न सक्छ। धैर्यता अपनाउनुहोस, किनभने पारिवारिक रूपमा धार्मिक कार्य सम्पन्न हुन सक्छ। बुवाबाट सहयोग मिल्नेछ। भावना नियन्त्रणमा राख्न सकेमा सम्बन्धहरूमा सन्तुलन कायम रहन्छ। जीवनसाथीसँग सानो विवाद सम्भव छ, तर धर्मप्रति आस्था बलियो रहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
स्वास्थ्यको मामिलामा सतर्क रहनु पर्नेछ। साथीसँगीको सहयोगमा रोजगारीको अवसर आउन सक्छ। क्रोध र सन्तुष्टि दुवैको अनुभव हुनेछ। घरमा खुसीको वातावरण बन्नेछ, तर संचित धनमा कमी आउन सक्छ। मनमा नकारात्मक सोच बढ्न सक्छ, जसले खर्चमा नियन्त्रण गुमाउने खतरा ल्याउँछ। धनको अभाव महसुस हुन सक्छ, तर सहयोगी साथीसँगीले आम्दानीका उपाय दिन सक्छन्। अधिकारीसँग मतभेद सम्भव छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
तपाईंको मन प्रसन्न रहनेछ, आम्दानी बढ्ने संकेत बलियो छ। काम, परीक्षा वा अन्तर्वार्तामा राम्रो परिणाम पाउने सम्भावना छ, तर अन्यत्र जानु पर्ने परिस्थिति आउन सक्छ। सवारी साधनको समस्या देखिन्छ। पारिवारिक सुखमा केही कमी देखिन सक्छ। स्वभावमा चिडचिडोपन आउन सक्छ, तर धार्मिक कार्यमा रुचि बढ्नेछ। सवारी मर्मतमा खर्च हुन सक्छ। जीवनसाथीसँग सानो वैचारिक मतभेद आउन सक्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
धैर्यता कम हुन सक्छ, जसले अनावश्यक विवाद निम्त्याउन सक्छ। साथीसँगीको सहयोगले आम्दानी बढाउने बाटो खुल्नेछ। मानसिक स्थिति सुधार हुँदै जान्छ। शैक्षिक वा बौद्धिक प्रयोजनका लागि यात्रा हुन सक्छ। संचित धनमा वृद्धि हुनेछ, तर आत्मविश्वासमा केही ह्रास देखिन सक्छ। शैक्षिक कार्यमा अवरोध आउने सम्भावना छ। आमाको स्वास्थ्यमा समस्या देखिन सक्छ, सावधानी अपनाउनुहोला।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
धार्मिक भावनामा वृद्धि हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। बुवाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस। सवारीसाधन र लत्ताकपडामा खर्च बढ्नेछ। आलस्यले काममा प्रभाव पार्न सक्छ। व्यापारमा केही अड्चन आउन सक्छ, जसले आम्दानी घटाउन सक्छ। जीवनसाथीबाट आर्थिक सहयोग मिल्नेछ। लेखन वा बौद्धिक कार्यमार्फत धन आर्जन गर्न सकिनेछ। मिहिनेत धेरै गर्नु पर्नेछ। मानसिक रुपमा तनाव रहन सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
आत्मविश्वासको कमी अनुभव हुन सक्छ। यद्यपि नोकरीमा वरिष्ठको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ, जसले कामको चाप बढाउनेछ। तर मनमा सन्तोष र आनन्द रहनेछ। उच्च पद प्राप्त गर्ने अवसर मिल्न सक्छ। धार्मिक वा संगीतप्रति रुचि बढ्नेछ। सवारीसाधन प्रयोगमा आनन्द मिल्नेछ। साथीसँगीको सहयोगले आम्दानीको नयाँ स्रोत सिर्जना हुन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
मनमा आशा र निराशा दुवैको खेल चलिरहनेछ। काममा वरिष्ठसँग राम्रो सम्बन्ध कायम राख्नु लाभदायक हुनेछ। उन्नतिको अवसर मिल्नेछ, आम्दानी बढ्नेछ। विदेश यात्राको योग बलियो छ, विशेषगरी शैक्षिक प्रयोजनका लागि। यात्राबाट लाभ मिल्ने सम्भावना छ। प्रशासन वा सत्ताको पक्षबाट सहयोग प्राप्त हुनेछ। तर धैर्यताको कमी हुन सक्छ र स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। सन्तानबाट सुखद समाचार प्राप्त हुनसक्छ।