असार २६ गतेको पञ्चाङ्ग
दिन : बिहीवार
तिथि : पूर्णिमा, ०१:५७ बजेपछि प्रतिपदा
नक्षत्र : मूल, ०५:२३ बजेपछि पूर्वाषाढा
योग : ऐन्द्र, २३:०४ बजेपछि वैधृति
करण : भद्रा, १३:४० बजेपछि वव, ०१:५७ बजेउप्रान्त वालव
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
घरपरिवारसँग सम्बन्धित काम गर्दा तटस्थ भूमिका लिनु नै हितकर हुनेछ। सोचविचार नगरी बोलेको शब्दले सम्बन्धमा दरार ल्याउन सक्छ, त्यसैले बोल्नु अघि एकछिन थुनिएर सोच्नु राम्रो हुन्छ। समयमै खान नपाइने सम्भावना छ, जसले स्वास्थ्यमा असर पार्न सक्छ। फजुल खर्चले तपाईलाई दबाबमा ल्याउन सक्छ, त्यसैले खर्च नियन्त्रण गर्नु उपयुक्त हुनेछ। आर्थिक कारोबार गर्दा विशेष सतर्कता अपनाउनुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
तपाई आर्थिक विषयप्रति गम्भीर हुनुहुनेछ। आम्दानीका राम्रो संकेतहरू देखिन्छन्। विचारमा स्पष्टता र मनको स्थिरताले गर्दा सबै काम व्यवस्थित तरिकाले पूरा गर्न सकिनेछ। मनोरञ्जन र सौन्दर्यप्रेममा खर्च बढी हुन सक्छ, तर पारिवारिक वातावरण रमाइलो र शान्तिपूर्ण हुनेछ। आफन्तसँग समय बिताउँदा सन्तोष मिल्नेछ। दिन आत्मसन्तुष्टि दिनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
तपाईको बोली र व्यवहार गलत रूपमा बुझिन सक्छ, त्यसैले विशेष सावधानी अपनाउनुहोस्। स्वास्थ्य कमजोर देखिन्छ, विशेषगरी आँखाको समस्याले सताउन सक्छ। पारिवारिक कलहले मन खिन्न बन्न सक्छ। आम्दानीको स्रोत कमजोर देखिए पनि खर्च भने बढ्न सक्छ। यस्तो समयमा आध्यात्मिक अभ्यास वा धार्मिक चिन्तनले मनलाई शान्त पार्नेछ। आत्मनिरीक्षण गर्नु लाभदायक हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
दिन लाभदायक रहनेछ। व्यापार वा पेशाबाट आम्दानी हुने सम्भावना देखिन्छ। साथीसँगको भेटघाट रमाइलो रहनेछ, जसले सामाजिक सम्बन्ध बलियो बनाउनेछ। आकस्मिक धन लाभ पनि हुने सम्भावना छ। तपाईले तयार पारेको आर्थिक योजना सफलतापूर्वक कार्यान्वयनमा आउनेछ। नयाँ योजना बनाउन पनि समय उपयुक्त देखिन्छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
कार्य तपाईले आत्मविश्वास र अडिक मनोबलका साथ पूरा गर्नुहुनेछ। बुवासँगको सम्बन्ध अझ सुदृढ हुने सम्भावना छ र उहाँबाट प्रेरणा वा सहयोग मिल्नेछ। सम्पत्ति, जग्गाजमिन सम्बन्धी कामका लागि अनुकूल समय हो। सामाजिक प्रतिष्ठा बढ्नेछ र मान्यजनसँग सम्बन्ध प्रगाढ हुनेछ। साहसका साथ अगाडि बढ्दा सफलता मिल्ने संकेत छन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
दिन केही चुनौतीपूर्ण बन्नेछ। मनमा निराशा र चिन्ताले सताउन सक्छ। उर्जाको अभावले काममा ढिलाइ हुन सक्छ। कार्यालय वा कामको स्थानमा सहकर्मी र उच्चपदस्थसँग मतभेद हुन सक्छ। सन्तानको स्वास्थ्यमा समस्या देखिने सम्भावना छ, जसले पारिवारिक तनाव बढाउन सक्छ। संयम र धैर्य अपनाउनु उपयुक्त हुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
कसैसँग विवाद वा झगडामा नजाने कोसिस गर्नुहोस्। क्रोध नियन्त्रण गर्नु पहिलो प्राथमिकता हुनुपर्छ। बोली र व्यवहारमा मर्यादा कायम राख्नुपर्ने दिन हो। स्वास्थ्यमा अलि कमजोरी देखिन सक्छ। यद्यपि, आकस्मिक धन लाभको सम्भावना पनि देखिन्छ। आध्यात्मिक अभ्यासमा रुचि राख्नुभयो भने मानसिक शान्ति प्राप्त हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
रमाइलो र उत्सवको दिन हुनसक्छ। साथीभाइसँगको जमघट वा पिकनिकको योजना सफल रहनेछ। स्वादिलो भोजन र राम्रो लुगा प्रयोग गर्ने अवसर मिल्नेछ। तपाईको सामाजिक प्रतिष्ठा बढ्नेछ। मनोरञ्जनले मनलाई ताजगी दिनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। सानो कुराले पनि खुशी मिल्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
दिन पूर्णरूपमा सकारात्मक देखिन्छ। घरमा रमाइलो वातावरण रहनेछ, आफन्तसँगको सम्बन्ध अझ बलियो बन्नेछ। शारीरिक रूपमा उर्जा बढ्नेछ र मानसिक रूपमा उत्साहित महसुस गर्नुहुनेछ। कामकाजी क्षेत्रमा अनुकूलता रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। हरेक क्षेत्रमा सफलता मिल्ने सम्भावना प्रबल छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
तपाईमा थकान र आलस्यको अनुभूति हुन सक्छ। मनमा दुविधा हुने सम्भावना छ जसले निर्णय क्षमतामा असर पार्न सक्छ। कार्यक्षेत्रमा सफलता मिल्न अलिक गाह्रो हुनेछ। भाग्यको साथ कमजोर देखिन्छ। सन्तानको स्वास्थ्यका विषयमा चिन्ता गर्नुपर्ने अवस्था आउन सक्छ। आत्मबलमा गिरावट हुनसक्छ, तर धैर्यता अपनाउनु आवश्यक छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
अत्यधिक भावुकताले निर्णय क्षमतामा असर पार्न सक्छ, त्यसैले मनलाई सन्तुलित राख्ने प्रयास गर्नुहोस्। सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ, त्यसकारण सार्वजनिक व्यवहारमा सजग रहनुहोस्। घरजग्गा वा सम्पत्तिसम्बन्धी काममा सावधानी आवश्यक हुनेछ। आमाको साथ वा तर्फबाट लाभ मिल्ने संकेत छन्। अध्ययनका लागि दिन अनुकूल देखिन्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
महत्वपूर्ण निर्णय लिन दिन उपयुक्त रहेको छ। सिर्जनात्मक शक्तिमा वृद्धि हुनेछ, जसले काममा उत्साह ल्याउनेछ। मनको स्थिरता र विचारको स्पष्टताले सबै कार्य राम्रोसँग सम्पन्न गर्न सकिनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। नयाँ सुरुवातको लागि साहस जुट्नेछ। आत्मविश्वासमा वृद्दि हुनेछ।