असार २४ गतेको राशिफल : मङ्गलबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

असार २४ गतेको पञ्चाङ्ग तथा राशिफल : 
दिन : मंगलवार
तिथि : त्रयोदशी, २४:०६ बजेपछि चतुर्दशी
नक्षत्र : ज्येष्ठा, ०३:३८ बजेपछि मूल
योग : शुक्ल, २३:२५ बजेपछि ब्रह्म
करण : कौलव, ११:२१ बजेपछि तैतिल, २४:०६ बजेउप्रान्त गर

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईले आफ्नो जिद्दी स्वभाव र आवेगलाई नियन्त्रण गर्नु आवश्यक छ। परिश्रमअनुसार परिणाम नपाउँदा निराशा हुन सक्छ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। वैदेशिक यात्रा वा रोजगारीको योजना अहिलेका लागि टार्नु राम्रो हुनेछ। सन्तानको चिन्ता बढ्न सक्छ। सोचविचार नगरी निर्णय नलिनुहोस्। सरकारी काम भने सफल हुने संकेत छन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मविश्वास र दृढताले सफलता हात पर्नेछ। विद्यार्थीहरूले पढाइमा रुचि बढाउने छन्। सरकारी काममा सफलता मिल्नेछ। सन्तानको लागि खर्च बढ्न सक्छ। कलाकार तथा खेलाडीहरूका लागि दिन राम्रो छ। तर, कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्नु अघि राम्रोसँग विचार गर्नुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिनको शुरुवात उत्साहजनक हुनेछ। भाग्य साथ दिनेछ। विचारमा केही द्विविधा आउन सक्छ तर नयाँ कामको सुरुवात गर्न सकिने समय हो। आफन्त र छिमेकीसँग सम्बन्ध मिठासपूर्ण रहनेछ। आर्थिक लाभको सम्भावना पनि छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंको मनमा असहजता र डर रहन सक्छ। पारिवारिक मतभेद वा विवादको सम्भावना छ। अहंकारले सम्बन्ध बिग्रिन सक्छ। विद्यार्थीहरूले ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ। खर्च बढ्नेछ, मन अशान्त रहन सक्छ। गलत बाटोमा नजाने प्रयास गर्नुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मबलका साथ निर्णय लिन सक्नुहुनेछ। मान-सम्मानमा बृद्धि हुनेछ। यद्यपि, तिक्त बोलीले कसैसँग विवाद हुन सक्नेछ। पिता वा कुनै जेष्ठ व्यक्तिबाट लाभ मिल्नेछ। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्। वैवाहिक सम्बन्धमा सुधार आउनेछ। सरकारी काममा चाँडै समाधान हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तनाव र डरले मन अस्थिर हुन सक्छ। झगडाले प्रतिष्ठामा असर पुर्याउने सम्भावना छ। खर्च अचानक बढ्न सक्छ। वैवाहिक जीवनमा मतभेद सम्भव छ। स्वास्थ्य स्थिर देखिए पनि अधीनस्थ कर्मचारीबाट असहयोग हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ समाचार पाउने योग छ। साथीभाइसँग रमाइलो समय बिताउने मौका मिल्नेछ। परिवारसँग सन्तोषजनक समय बिताउने सम्भावना छ। व्यापारमा लाभ हुनेछ। विवाहको कुरा अघि बढ्न सक्छ। दाम्पत्य जीवन सुखद् रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्ध अझ बलियो हुनेछ। हरेक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट लाभ प्राप्त हुनेछ, जागिरमा पनि प्रगति हुनेछ। वरिष्ठको साथ र सहयोग पाइनेछ। स्वास्थ्य राम्रो रहनेछ। सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा ख्याल दिनुहोस्। मनमा अलिक कमजोरी र डर देखिन सक्छ। सन्तानसँग सम्बन्धित समस्याले तनाव दिन सक्छ। काममा अवरोध आउन सक्छ। कुनै पनि निर्णय सोचेर लिनुहोस्। अपेक्षित सफलता पाउन कठिनाई हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नकारात्मक सोच हटाउने राम्रो समय हो। शान्तिपूर्वक काम गर्नुपर्छ, परिस्थितिमा सुधार हुनेछ। साझेदारहरूसँग मतभेद हुन सक्छ। आकस्मिक वैदेशिक यात्रा वा रोजगारीको अवसर आउन सक्छ। नयाँ सम्बन्ध बनाउनु अघि सावधानी अपनाउनुहोस्। खानपानमा ध्यान नदिए स्वास्थ्य बिग्रन सक्छ। सरकारी काममा सफलता र आकस्मिक लाभको योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन ऊर्जा र उत्साहले भरिएको हुनेछ। आत्मविश्वासमा बृद्धि हुनेछ र काम सफल हुनेछन्। नयाँ मानिससँग भेटघाट र रमाइलो पल बित्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। स्वादिलो खाना, राम्रो लुगा र सवारीसाधनको आनन्द पाइनेछ। साझेदारी व्यापार लाभदायी हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दृढ आत्मबल र आत्मविश्वासले सफलता दिलाउनेछ। परिवारमा सुख र शान्ति छाउनेछ। क्रोध नियन्त्रणमा राख्नुहोस्। जागिरमा सम्मान मिल्नेछ। प्रतिस्पर्धामा जित्ने सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ। मानसिक र शारीरिक स्वास्थ्य सन्तुलित रहनेछ।

प्रकाशित : सोमबार, असार २३, २०८२२१:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असार २५ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो होला ?