पोखरा एभेन्जर्सले गर्यो भुर्तेलसहित ७ खेलाडीलाई रिटेन

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ।

पोखराले कुशल भुर्तेललाई यसपटक पनि मार्की खेलाडीको रूपमा कायम राखेको छ।

उनीसँगै आकाश चन्द, तृतराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाललाई पनि टोलीमा निरन्तरता दिइएको छ।

गएको सिजनमा पोखरा एभेन्जर्स लिगको अन्त्यमा सातौँ स्थानमा सीमित भएको थियो।

एनपिएलको दोस्रो संस्करणअन्तर्गत मिनी अक्सन अघि विभिन्न फ्रेन्चाइज टोलीहरूले खेलाडी रिटेन र रिलिजको प्रक्रिया तीव्र बनाएका छन्।

प्रकाशित : सोमबार, असार १६, २०८२२०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इटालीले रच्यो इतिहास, पहिलोपटक टि२० विश्वकप खेल्ने