एजेन्सी : इटाली पहिलोपटक टि२० विश्वकपमा स्थान बनाउन सफल भएको छ। टि२० विश्वकप २०२६ का लागि भइरहेको युरोपियन क्वालिफायरमा इटालीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको थियो।फाइनलमा नेदरल्यान्ड्ससँग पराजित भए पनि शीर्ष दुईमा रहँदै सन् २०२६ मा श्रीलंका र भारतमा हुन् लागेको विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।
इटालीले युरोपियन क्वालिफायरमा स्कटल्याण्डलाई १२ रनले पराजित गर्दै नेट रन रेटमा अगाडी बढेको थियो।
आइसिसी मेन्स टि२० वर्ल्डकप युरोप क्वालिफायरमा ४ खेलमा २ खेलमा विजय हासिल गरेको थियो भने एक खेलमा पराजित रहँदै ५ अङ्क बटुलेको थियो। एक खेल नतिजाविहिन हुँदै १ अङ्क प्राप्त गरेको थियो।
आइसिसी मेन्स टि२० को बरियतामा २८ औँ स्थानमा रहेको इटालीले १५ औँ स्थानमा रहेको स्कटल्याण्डलाई पराजित गर्दै क्रिकेट दुनियाँमा सनसनी मच्चाएको थियो।
यहाँको क्रिकेट मुख्यतः प्रवासी (विशेषगरी भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया) मूलका खेलाडीहरूले अगाडि बढाइरहेका छन्।
पछिल्लो समय इटालीले युवा प्रतिभा र संरचना सुधारमा ध्यान दिँदै आएको छ, जसको परिणामस्वरूप उनीहरूले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका हुन्।