काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
शनिबार काठमाडौँले रिटेन र रिलिज गरेका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो। टोलीले मार्की खेलाडीको रूपमा करण केसीलाई कायम राखेको छ।
करणसँगै शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, दिपेश कंडेल र भीम सार्की पनि रिटेन गरिएका अन्य खेलाडी हुन्। बाँकी खेलाडीहरूलाई भने टोलीले रिलिज गरेको छ।
एनपिएलको दोस्रो संस्करणअन्तर्गत हुने मिनी अक्सनअघि विभिन्न फ्रेन्चाइजहरूले आफ्नो टोलीको खेलाडी रिटेन र रिलिज गर्न थालेका थालेका छन्।