असार १३ गतेको राशिफल : शुक्रबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो होला ?

असार १३ गतेको पञ्चाङ्ग
दिन : शुक्रवार
तिथि : द्वितिय, १३:२१ बजेपछि तृतीया
नक्षत्र : पुनर्वशु, ०९:४८ बजेपछि तिष्य
योग : व्याघात, २४:२४ बजेपछि हर्षण
करण : कौलव, १३:२१ बजेपछि तैतिल, २४:४९ बजेउप्रान्त गर

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
दिन मन अशान्त र चञ्चल बन्न सक्छ, जसले गर्दा मानसिक रूपमा अलिकति दुखी महसुस गर्नुहुनेछ। शारीरिक रूपमा पनि थकान वा कमजोरीको अनुभव हुन सक्छ। आर्थिक मामिलामा लगानी गर्दा सजगता अपनाउनुहोला। महत्त्वपूर्ण कागजातमा ध्यान नपुग्नाले समस्या आउन सक्छ। यद्यपि, मध्यान्नपछि काम सुरु गर्न सजिलो हुने समय हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
व्यवहारिक कामहरू सफलतापूर्वक अघि बढ्नेछन्। पूराना साथीसँग भेटघाटको सम्भावना छ र नयाँ मित्रता पनि सुरु हुन सक्छ। सन्तानको सफलता देखेर मन खुशी रहनेछ। यद्यपि मध्यान्नपछि स्वास्थ्यमा केही समस्या देखिन सक्छ र मानसिक रूपमा थकान अनुभव हुन सक्छ। धार्मिक कार्यमा खर्च बढ्नेछ र मनमा केही उदासी छाउने सम्भावना पनि रहन्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
दिन व्यापारी वर्गका लागि अत्यन्त लाभदायक रहनेछ। व्यापारमा प्रगति हुनेछ र महत्त्वपूर्ण सफलता मिल्नेछ। पिता वा वरिष्ठ व्यक्तिबाट लाभ प्राप्त हुनेछ। आत्मविश्वास बढ्नेछ र निर्णय क्षमतामा सुधार आउनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
धार्मिक भावनाले तपाईलाई घेरिएको महसुस हुनेछ। कुनै तीर्थयात्राको अवसर बन्न सक्छ। मानसिक र शारीरिक रूपमा ताजगी अनुभव हुनेछ। भाग्यमा वृद्धिको संकेत देखिन्छ। दाजुभाइ वा दिदीबहिनीसँगको सम्बन्ध पनि मधुर हुनेछ, परिवारसँग रमाइलो समय बित्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
दिन सामान्य भन्दा अलिकति चुनौतीपूर्ण हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। बाहिरको खानपानबाट टाढा रहनुहोला। नकारात्मक सोचले प्रभाव पार्न सक्ने भएकाले सकारात्मक दृष्टिकोण अपनाउनु उचित हुनेछ। परिवारमा शान्त वातावरण बनाउन संयमता आवश्यक हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
दिन अत्यन्त अनुकूल रहनेछ। जीवनसाथीसँग समय बिताउन पाउँदा मनमा आनन्दको भावना हुनेछ। दाम्पत्य जीवनमा मिठास रहनेछ र विपरीत लिङ्गप्रति आकर्षण बढ्न सक्छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ र तपाईंको कार्यको प्रशंसा हुने सम्भावना छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
घरमा सुख, शान्ति र हर्षोल्लासको माहोल रहनेछ। शुभ घटनाहरूको सम्भावना छ। काममा सफलता र लोकप्रियता प्राप्त हुनेछ। केही महत्वपूर्ण कार्यमा खर्च बढ्न सक्छ। माइती पक्षबाट सुखद समाचार आउनेछ। आर्थिक लाभको सम्भावना पनि राम्रो देखिन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
सन्तानका कारण केही चिन्ता बढ्न सक्छ। मानहानिको सम्भावना पनि रहन सक्छ, त्यसैले सचेत रहनुहोला। शेयर बजारमा लगानी नगर्नु नै राम्रो हुनेछ। यद्यपि विद्यार्थीहरूले पढाइमा राम्रो सफलता पाउनेछन्। आर्थिक योजना सफलतापूर्वक सम्पन्न हुने संकेत छन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
तनाव र चिन्ताले तपाईंको ऊर्जा कम हुन सक्छ। पारिवारिक वातावरणमा केही असमझदारी देखिन सक्छ, विशेषतः आमासँग सम्बन्धित कुरामा। आमा स्वयंको स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने देखिन्छ। सार्वजनिक रूपमै आत्मसम्मानमा आघात नहोस् भन्ने कुरामा सतर्क रहनु जरुरी छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन् र केही हदसम्म राहतको अनुभव हुनेछ। गृहस्थ जीवनसँग सम्बन्धित समस्याहरू समाधान हुनेछन्। जग्गा-जमिन वा सम्पत्तिसम्बन्धी काममा प्रगति हुनेछ। व्यापारमा पनि आर्थिक लाभ मिल्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
दिन बोली र व्यवहारमा विशेष ध्यान दिनु पर्नेछ। विवादमा नउत्रनुहोला। अनावश्यक खर्च नगर्नु नै हितकर हुनेछ। काममा अपेक्षित सफलता नआउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने विद्यार्थीको अध्ययनमा पनि अवरोध आउने सम्भावना छ। सन्तोष भने अनुभूति हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। घरमा कुनै शुभकार्य वा मांगलिक प्रसंगको आयोजना हुन सक्छ। नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने, समय अत्यन्त अनुकूल छ। आफन्तजन वा साथीहरूसँग भेटघाटको अवसर मिल्नेछ। बाहिर घुम्न वा रमाइलो गर्न जाने सम्भावना पनि छ। तन–मन दुवैबाट ऊर्जा र खुशीको अनुभूति हुनेछ।

प्रकाशित : बिहिबार, असार १२, २०८२२१:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असार १४ गतेको राशिफल : शनिबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो होला ?