असार १४ गतेको पञ्चाङ्ग तथा राशिफल
दिन : शनिवार
तिथि : तृतीया, १२:२४ बजेपछि चतुर्थी
नक्षत्र : तिष्य, ०९:३३ बजेपछि अश्लेषा
योग : हर्षण, २२:४९ बजेपछि वज्र
करण : गर, १२:२४ बजेपछि वणिज, २४:०६ बजेउप्रान्त भद्रा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन आर्थिक र व्यवसायिक हिसाबले फलदायी रहनेछ। लामो समयदेखि बनाइराखेको आर्थिक योजना पूरा हुने सम्भावना छ। समाजसेवा र परोपकारप्रतिको आकर्षण बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ र बिरामीको स्थितिमा सुधार देखिनेछ। आम्दानीका नयाँ स्रोतहरू पनि खुल्न सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रम अनुसारको नतिजा ढिलो प्राप्त भए पनि हिम्मत नहार्नुहोस्, लगातारको मेहनतले सफलता अवश्य ल्याउनेछ। तपाईंको मीठो बोलीले नयाँ सम्बन्ध बनाउने अवसर मिल्नेछ। पढाइ, लेखन र कलात्मक गतिविधिमा रुचि बढ्नेछ। खानपानमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन अलिकति संवेदनशील रहनेछ। विशेष गरी पानीजन्य स्थान र महिला वर्गसँगको व्यवहारमा सतर्क रहनुपर्छ। मानसिक अशान्तिले निर्णय क्षमता कमजोर बनाउन सक्छ। आमाको स्वास्थ्यप्रति ध्यान दिनुहोला। स्वास्थ्य र आर्थिक पक्षले चुनौतीपूर्ण दिन हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंका अधिकांश कार्यहरू सजिलै सम्पन्न हुनेछन्, जसले आत्मसन्तुष्टि र उत्साह बढाउनेछ। साथीभाइ तथा परिवारजनसँग रमाइलो समय बित्नेछ। यात्रा वा घुमफिरको अवसर मिल्न सक्छ। कामकाजमा भाग्यले साथ दिनेछ। प्रतिद्वन्द्वीहरू पराजित हुने संकेत छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो दिन मिश्रित फलदायी रहनेछ। काममा आशाअनुसारको सफलता नआए पनि धैर्य राख्नुहोला। घरपरिवारमा सहकार्यको वातावरण बन्नेछ। तर, आयभन्दा खर्च बढी हुनसक्छ। रिस र घमण्डबाट टाढा रहनुहोला। शुभ समाचारले मन प्रशन्न बन्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैचारिक स्पष्टता र आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापारमा सफलता मिल्नेछ र नाफा पनि बढ्नेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ महसुस गर्नुहुनेछ। वैवाहिक सम्बन्धमा मिठास आउनेछ। साथीहरू वा प्रियजनबाट उपहार वा सहयोग प्राप्त हुनसक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका हिसाबले दिन सामान्य नरहन सक्छ। शारीरिक थकान र मानसिक तनाव महसुस हुन सक्छ। बोलिचालिमा संयम अपनाउनुहोला, नत्र झगडाको सम्भावना रहन्छ। मनोरञ्जन र विलासितामा खर्च बढ्न सक्छ। परिवारभित्र सानो मतभेद उत्पन्न हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन व्यापारिक लाभदायक हुनेछ। साथीभाइ तथा आफन्तबाट सहयोग र समर्थन प्राप्त हुनेछ। सामाजिक कार्यक्रम वा पर्यटनमा सहभागी हुने अवसर मिल्न सक्छ। आम्दानीका नयाँ स्रोतहरू खुल्ने संकेत छन्। दैनिक जीवनमा खुसी र सन्तुष्टि मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन तपाईंको प्रतिष्ठा र प्रभाव बढ्नेछ। कामको क्षेत्रमा उच्च अधिकारीहरूबाट प्रशंसा मिल्नेछ। पदोन्नती वा अतिरिक्त जिम्मेवारीको अवसर आउन सक्छ। पारिवारिक वातावरण खुसीमय रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र सरकारी क्षेत्रबाट लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक तथा साहित्यिक कार्यमा संलग्न हुनेहरूका लागि समय अनुकूल हुनेछ। यद्यपि व्यापारमा केही अवरोध आउन सक्छ जसले मानसिक तनाव बढाउन सक्छ। अनावश्यक खर्च बढ्नसक्छ। शारीरिक थकान महसुस हुन सक्छ, व्यर्थको विवादमा नपर्नुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नकारात्मक विचार र निषेधित कार्यहरूबाट टाढा रहनु उपयुक्त हुनेछ। बोली र व्यवहारमा संयमता अपनाउनुहोस्। पारिवारिक वातावरण केही तनावपूर्ण हुन सक्छ। आर्थिक हिसाबले केही दबाब महसुस हुन सक्छ। मानसिक थकान र असहजता अनुभव हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्ने सम्भावना छ। स्वादिलो भोजन र आनन्ददायी क्षणको अनुभव हुनेछ। व्यापारमा सफलता मिल्नेछ। सार्वजनिक जीवनमा सम्मान प्राप्त हुनेछ। वैवाहिक सम्बन्धमा नजिकिएला। कला र साहित्यमा रुचि तथा सृजनात्मकता बढ्नेछ।