असार १२ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : बिहीवार
तिथि : प्रतिपदा, १४:४४ बजेपछि द्वितिय
नक्षत्र : आर्द्रा, १०:२८ बजेपछि पुनर्वशु
योग : ध्रुव, ०२:२० बजेपछि व्याघात
करण : वव, १४:४४ बजेपछि वालव, ०२:०० बजेउप्रान्त कौलव
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
शारीरिक र मानसिक स्वास्थ्य सन्तुलित रहनेछ। परिवारका सदस्यहरूसँग रमाइलो वातावरणमा स्वादिष्ट भोजनको आनन्द लिनुहुनेछ। भविष्यको लागि आर्थिक योजना बनाउने अनुकूल समय हो। ईश्वरको कृपाले आम्दानीमा वृद्धि हुनेछ। कलाकारिता र सिर्जनशील कामको अवसर प्राप्त हुनेछ र त्यसको प्रशंसा पनि पाउने सम्भावना छ। नकारात्मक सोचबाट टाढा रहनु नै राम्रो हुनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
दिन ऊर्जा र उमंगले भरिपूर्ण हुनेछ। राम्रो स्वास्थ्यका कारण दिनभर उत्साह कायम रहनेछ। आफन्त वा साथीबाट कुनै उपहार पाउने सम्भावना छ। रमाइलो बसाइँ तथा स्वादिलो भोजनले दिनलाई आनन्दपूर्ण बनाउनेछ। आर्थिक लाभ मिल्नेछ। वैवाहिक सम्बन्धमा सुखद अनुभूति हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
ध्यान केन्द्रित गरेर र विचारपूर्वक व्यवहार गर्दा अनिष्टबाट बच्न सकिन्छ। बोली र व्यवहारमा संयमता अपनाउनुहोस्, नत्र गलत धारणा बन्न सक्छ। शरीरमा अलिक असजिलोपन महसुस हुनेछ, जसले मानसिक असन्तुलन ल्याउन सक्छ। पारिवारिक कलहको सम्भावना छ। आँखा सम्बन्धी समस्या देखिन सक्छ। खर्च नियन्त्रणमा राख्नुपर्छ। आध्यात्मिक अभ्यासले राहत मिल्नेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
अचानक धनलाभ र विभिन्न क्षेत्रबाट फाइदा हुने दिन हो। आम्दानीमा राम्रो वृद्धि हुनेछ। व्यापारमा मुनाफा मिल्नेछ। छोराछोरी तथा जीवनसाथीबाट लाभको संकेत छ। पर्यटन वा विवाहको तयारी गर्नेहरूका लागि अनुकूल समय हो। स्वादिलो भोजन र जीवनसाथीसँगको सुखद समय मिल्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
काममा ढिलाइका कारण लक्ष्य प्राप्तिमा बाधा आउन सक्छ। कार्यस्थल वा घरमा जिम्मेवारीको चाप बढ्नेछ। जीवनमा केही गम्भीर परिवर्तनहरू अनुभव गर्न सक्नुहुन्छ। नयाँ सम्बन्ध वा ठूला निर्णयको लागि दिन उपयुक्त छैन। पितासँग सानो मतभेद हुन सक्छ। यद्यपि, शुभकार्यको योजना बनाउन दिन ठीक छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
थकान र मानसिक चिन्ताको अनुभव हुनेछ। सन्तानसँग मनमुटाव वा असमझदारी बढ्न सक्छ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। कार्यक्षेत्रमा उच्च पदस्थ व्यक्तिसँग मतभेद हुन सक्छ। राजनीति वा प्रशासनिक कठिनाइ देखिन सक्छ। धार्मिक गतिविधिमा संलग्न हुनुपर्ने र त्यसमा खर्च हुने संकेत छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोस्। बोली र व्यवहारमा संयमता नअपनाउँदा विवाद हुने सम्भावना छ। रिस र कामप्रतिको दृष्टिकोणलाई सन्तुलनमा राख्नुहोला। अचानक धन प्राप्ति हुन सक्छ। ढिलो खाजा वा भोजनका कारण असहजता महसुस हुनेछ। खर्चमा नियन्त्रण राख्नुपर्छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
रोजगार र व्यवसायमा लाभको दिन हुनेछ। साथी, आफन्त तथा जेष्ठ नागरिकबाट फाइदा मिल्नेछ। सामाजिक समारोह वा भ्रमणको अवसर प्राप्त हुनेछ। आम्दानीको नयाँ स्रोत खुल्नेछ। विवाह योग्यहरूका लागि राम्रो प्रस्ताव आउन सक्छ। पारिवारिक जीवनमा शान्ति र सुखको अनुभूति हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
आर्थिक तथा व्यवसायिक योजनाका लागि दिन अत्यन्त शुभ छ। काम सजिलै पूरा हुनेछ। परोपकारी भावना जागृत हुनेछ। दिनभर खुशी र सन्तुष्टिको अनुभूति हुनेछ। पेसा तथा व्यवसायमा सफलता र सम्मान प्राप्त हुनेछ। वैवाहिक जीवनमा पनि रमाइलो वातावरण रहनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
मिश्रित फल मिल्ने दिन हो। बौद्धिक काम तथा व्यवसायमा नयाँ विचारको उदय हुनेछ। लेखन, कला वा साहित्यमा सक्रिय हुनेहरूका लागि रचनात्मक समय हुनेछ। तर थकान महसुस हुन सक्छ। सन्तानसम्बन्धी चिन्ता रहन सक्छ। उच्च पदस्थ व्यक्तिहरूसँग विवाद नगर्नु नै राम्रो हुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
नकारात्मक सोचका कारण निराशा बढ्न सक्छ। मानसिक अस्थिरता र रिसको भावना बढ्नेछ। बोलीका कारण पारिवारिक कलह हुन सक्छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। दुर्घटनाबाट सतर्क रहनुहोला। ईश्वरको नाम जप तथा आध्यात्मिक अभ्यासले मानसिक सान्त्वना दिनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
दिन व्यापारीहरूका लागि लाभदायक रहनेछ। जीवनसाथीसँगको सम्बन्ध अझ प्रगाढ हुनेछ। आफन्त तथा साथीसँगको भेटघाटले खुसी ल्याउनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। सार्वजनिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। वैवाहिक जीवनमा सन्तोषजनक समय बित्नेछ।