दीपेन्द्रसिंह ऐरीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन् ।

प्रहरी सहायक हवल्दारको पदमा कार्यरत रहेका उनले केही दिनअघि औपचारिक रूपमा राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी विनोद घिमिरेले पुष्टि गरेका छन् ।

चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुद (एशियन गेम्स) अन्तर्गत टि-२० क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई त्यस उपलब्धिपछि प्रहरी जवानबाट सहायक हवल्दारमा विशेष बढुवा गरिएको थियो ।

उनी २०८० सालको असोज महिनामा सहायक हवल्दार पदमा पदोन्नति भएका थिए ।

प्रकाशित : बुधबार, असार ११, २०८२१५:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन्दीपले अन्तर्राष्ट्रिय वरीयतामा मारे राम्रो छलाङ, ४१ स्थान सुधार