एनपिएल मिनि अक्सन अघि फ्रेन्चाइज टोलीले गर्न थाले खेलाडी रिटेन र रिलिज

काठमाडौँ :  राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि पुनः रिटेन गरेको छ।

लुम्बिनी लायन्सले उनलाई आगामी सिजनमा पनि मार्की खेलाडीका रूपमा निरन्तरता दिने निर्णय गरेको हो। रोहितको नेतृत्वमा पहिलो संस्करणमा लुम्बिनी समूह चरणमै प्रतियोगिताबाट बाहिरिएको थियो।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनी अक्सन अघि विभिन्न फ्रेन्चाइज टोलीहरूले खेलाडीहरूलाई रिटेन तथा रिलिज गर्ने क्रम सुरु गरेका छन्।

यसअघि, सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरिसकेको छ।

त्यस्तै, चितवन राइनोजले कुशल मल्ल, रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई कायम राखेको छ।

प्रकाशित : मङ्गलबार, असार १०, २०८२२२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दीपेन्द्रसिंह ऐरीले दिए राजीनामा