असार १ १ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : बुधवार
तिथि : औंसी, १६:२८ बजेपछि प्रतिपदा
नक्षत्र : मृगशिरा, ११:२९ बजेपछि आर्द्रा
योग : गण्ड, ०७:०९ बजेपछि वृद्धि, ०४:३६ बजेउप्रान्त ध्रुव
करण : चतुष्पद, ०५:२७ बजेपछि नाग, १६:२८ देखि किंस्तुघ्न, ०३:३३ बजेउप्रान्त वव
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
दिन मित्रजन र सामाजिक कार्यमा व्यस्ततापूर्वक बित्नेछ। सरकारी वा कागजी प्रक्रिया झन्झटमुक्त भई सफलता प्राप्त हुनेछ। उच्च ओहदाका व्यक्तिहरूसँगको भेटघाटले सम्मान र आत्मबल बढ्नेछ। विदेशमा रहेका सन्तानबाट खुसीको खबर आउने सम्भावना छ। आकस्मिक रूपमा लाभदायक अवसर हात लाग्न सक्छ, विशेषतः धनसम्बन्धी क्षेत्रमा। सामाजिक प्रतिष्ठा बढ्नसक्नेछ। नयाँ व्यक्तिहरूसँग सम्पर्क कायम हुनसक्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
दिन विशेष रूपमा व्यवसायिक व्यक्तिहरूको लागि फलदायी रहन सक्नेछ। व्यापार विस्तार तथा पदोन्नतिको सम्भावना प्रबल छ। कार्यालयमा उच्च पदस्थ व्यक्तिको समर्थनले काम सजिलै अघि बढ्नेछ। पारिवारिक वातावरणमा मेलमिलाप र सुख-शान्ति रहनेछ। पुराना साथी वा टाढा रहेका आफन्तसँग भेटघाटले हर्षित बनाउनेछ। आर्थिक योजनामा सफलता प्राप्त हुनेछ। आत्मबल उच्च रहनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
दिन केही कठिनाइपूर्ण रहनसक्छ। मानसिक थकान र शारीरिक कमजोरीले काममा ध्यान केन्द्रित गर्न सकिने छैन। कार्यालय वा व्यापारमा सहकर्मी तथा अधिकारीहरूसँग मतभेद बढ्न सक्छ। खर्च अत्यधिक हुन सक्छ, विशेषतः अनावश्यक कुरामा। सन्तानको विषयमा चिन्ता बढ्न सक्छ। भावनात्मक रूपमा असन्तुलित अनुभव हुन सक्छ। कामका प्राथमिकताहरू पुनः समीक्षा गर्नु उपयुक्त हुनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
दिन सोचमा निराशा र नकारात्मकता हावी हुनसक्छ, जसले दिनभर खिन्नता ल्याउनेछ। शरीरमा थकान र मनमा दुविधा रहने सम्भावना छ। अत्यधिक खर्च हुनसक्ने संकेत छ, त्यसैले आवश्यक नभएका कुरामा खर्च नगर्नु उपयुक्त हुन्छ। पारिवारिक तिक्तता बढ्नसक्छ, त्यसैले बोलीमा सन्तुलन राख्नुहोला। नयाँ परिचय र सम्पर्क तत्काल लाभदायी नहुन सक्छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
श्रीमान-श्रीमतीबीच मतभेद वा विवादको सम्भावना रहेको छ। दुवैको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, विशेषतः मानसिक स्वास्थ्यतर्फ। व्यक्तिगत वा पारिवारिक तनावले मनमा निराशा ल्याउनेछ। सहकर्मीहरूसँग कार्य सम्बन्धी असहमति हुनसक्छ। कानुनी विषयबाट टाढा रहनु राम्रो हुनेछ। दैनिकीमा संयमता र धैर्यता अपनाउनु उपयोगी रहनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
दिन सकारात्मक र फलदायी रहने संकेत छ। व्यवसायिक क्षेत्रमा सम्मान र यश प्राप्त हुनेछ। सहकर्मी वा कर्मचारीहरूको साथले कार्यसफलता प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध मधुर रहनेछन्। स्वास्थ्यमा सुधार हुनेछ, विशेषतः पुराना रोगहरूमा राहत महसुस हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। नयाँ सम्भावनाहरूको पहिचानमा चातुर्य देखाउनुहुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
तपाईंको सोच धेरै गहिरो र प्रभावशाली हुनेछ। मधुर वाणी र स्पष्ट विचारद्वारा अरुलाई सजिलै प्रभावित गर्न सक्नुहुन्छ। बैठक, छलफल वा बहसमा तपाईंको योगदान प्रभावशाली रहनेछ। लेखन वा साहित्यप्रति आकर्षण बढ्न सक्छ। यद्यपि, मेहनतको तुलनामा उपलब्धि न्यून हुने सम्भावना छ। धैर्यता अपनाउनु उपयुक्त हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
दिन एकान्तप्रियता र मनको खिन्नता बढ्नेछ। शरीरमा कमजोरी अनुभव हुन सक्छ, आमाको स्वास्थ्यप्रति विशेष ध्यान पुर्याउनुहोला। पारिवारिक वातावरणमा वादविवाद वा असहमतिहरू देखिन सक्छन्। मानसिक अशान्तिले निद्रामा बाधा पुर्याउन सक्छ। जीवनशैलीमा सरलता र संयमता अपनाउनु राम्रो हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
दिन आत्मबलले परिपूर्ण हुनेछ। तपाई प्रतिस्पर्धीहरूमाथि विजय हासिल गर्न सक्नुहुनेछ। स्वास्थ्यमा स्फूर्ति र ताजगी रहला। नयाँ काम सुरू गर्न चाहनेका लागि यो समय अत्यन्त अनुकूल रहनेछ। आफन्त वा साथीहरूसँग समय बिताउँदा खुसी महसुस हुनेछ। धार्मिक वा आध्यात्मिक सोचले मनलाई सन्तुलित बनाउनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
दिन सामान्य मिलेजुले परिणाम ल्याउनेछ। पारिवारिक सम्बन्धमा गलत बुझाइ नहोस् भनेर बोलीमा ध्यान दिनु आवश्यक छ। अनावश्यक खर्चले आर्थिक व्यवस्थामा असर पार्न सक्छ। शारीरिक रूपमा केही कमजोरी महसुस हुनसक्छ। विद्यार्थीहरूमा पढाइप्रतिको रुचि कम हुने संकेत छ। लगानीको निर्णय सोच-विचार गरेर मात्र गर्नुहोला। आध्यात्मिकताले शान्ति दिनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
दिन आर्थिक रूपमा फाइदाजनक हुनेछ। काममा उत्साह जाग्नेछ र पारिवारिक सम्बन्धमा मिठास रहनेछ। मित्र र आफन्तहरूसँग रमाइलो समय बित्नेछ। वैचारिक रूपमा सकारात्मक सोचको विकास हुनेछ। छोटो यात्राबाट मन प्रसन्न रहन सक्छ। नयाँ योजना तयार पार्न अनुकूल समय छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
कानुनी वा सम्पत्तिसम्बन्धी विवादमा नपर्नुहोला। ध्यान एकाग्र बनाएर कार्य गरेमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सजगता आवश्यक छ, विशेषतः पुराना रोगहरूप्रति। आफन्तसँगको दूरीको अनुभव हुने सम्भावना छ। पारिवारिक वातावरणमा मतभेद बढ्न सक्छ, संयमता अपनाउनु उपयुक्त हुनेछ। आर्थिक निर्णय सोच विचार गरी गर्नुपर्छ।