टि२० मा छक्काको वर्षात्, वर्षौँपछि न्युजिल्याण्डको खेलाडीले तोडे क्रिस गेलको रेकर्ड

एजेन्सी : क्रिकेटको दुनियामा हरेक दिन नयाँ कीर्तिमान बनिरहेका हुन्छन् र पुराना कीर्तिमानहरू तोडिँदै जान्छन्। तर केही यस्ता कीर्तिमानहरू पनि छन् जुन अद्वितीय मानिन्छन्, र जसलाई तोड्नु त टाढाको कुरा, बराबरी गर्न समेत असम्भवजस्तो देखिन्छ।

यसै सूचीमा क्रिस गेलको छक्काको कीर्तिमान पनि सामेल थियो, तर अब त्यो कीर्तिमानलाई एक नयाँ ब्याट्सम्यानले तोडेका छन्। क्रिस गेललाई बलरहरूको काल मानिन्थ्यो, तर यो नयाँ कीर्तिमान बनाउने खेलाडी उनलाईभन्दा पनि बढी खतरनाक भनिएको छ।

संसारभर क्रिस गेलको तूफानी ब्याटिङको दबदबा थियो। युनिभर्स बोसका रूपमा चिनिने उनले सन् २०१३ मा आइपिएलमा राइजिङ पुणे सुपर जायन्ट्स विरुद्ध खेलेको १७५ रनको विस्फोटक इनिङ आज पनि सबैको सम्झनामा ताजा छ।

उक्त इनिङमा गेलले १७ छक्का र १३ चौका प्रहार गर्दै टी२० खेलको इतिहासमा एकै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने रेकर्ड बनाएका थिए। यदि कसैले यो कीर्तिमान तोड्न सक्थ्यो भने, त्यो केवल क्रिस गेल आफैं हुन सक्थे।

सन् २०१७ मा बङ्गलादेश प्रिमियर लिगमा क्रिस गेलले आफ्नै त्यो रेकर्ड तोडे। उनले ढाका डाइनामाइट्सविरुद्ध १८ छक्का प्रहार गरे। उक्त खेलमा गेलले १४६ रनको तूफानी पारी खेलेका थिए।

त्यसपछि सबैलाई लाग्यो कि यो कीर्तिमान सय वर्षसम्म अटुट रहन्छ। तर २०२५ जुन १३ मा न्यूजिल्याण्डका विस्फोटक ब्याट्सम्यानले यो कीर्तिमान ध्वस्त पारिदिए।

अमेरिकामा जारी मेजर लिग क्रिकेट(एमएलसी)मा न्यूजिल्याण्डका दिग्गज ब्याट्सम्यान फिन एलेनले ओपनरको रूपमा सन फ्रान्सिस्को युनिकर्न्सबाट खेल्दै केवल ५१ बलमै १५१ रनको शानदार पारी खेले।

उक्त पारीमा उनले केवल ५ चौका प्रहार गरे भने १९ छक्का प्रहार गर्दै सबैलाई चकित पारिदिए। फिन एलेनले ११९ रन प्रहार गरे र एकै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान बनाउँदै शीर्ष स्थानमा पुगेका छन्।

टि२० खेलमा सबैभन्दा धेरै छक्का : –

१९ – फिन एलेन

१८ – क्रिस गेल

१८ –  साहिल चौहान

१७ – क्रिस गेल

प्रकाशित : मङ्गलबार, असार ०३, २०८२१८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालले टस जित्यो, प्लेइङ ११ मा एक परिवर्तन