एजेन्सी : विश्व टेस्ट च्याम्पियनसिप शुरू भएपछि टेस्ट क्रिकेटको लोकप्रियता झन् व्यापक बढेको छ। अब आइसिसीले यसलाई अझ रोचक एवं लोकप्रिय बनाउन चार दिने टेस्ट फर्म्याट लागू गर्ने तयारी गरेको छ।
आगामी २०२७–२९ वर्ल्ड टेस्ट च्याम्पियनसिप चक्रमा साना क्रिकेट राष्ट्रहरूलाई लक्षित गर्दै चार दिने टेस्ट खेल्न प्रस्ताव गरिएको छ। यसले समय र खर्च बचत गर्ने अनुमान गरिएको छ।
यद्यपि भारत, अस्ट्रेलिया र इङ्ल्यान्डबीचका परम्परागत सिरिजहरू—जस्तै एशेज, बोर्डर–ग्वास्कर ट्रफी, र नयाँ एण्डरसन–तेन्डुलकर ट्रफी—पाँच दिने शैलीमै रहनेछन्।
चार दिने टेस्टले साना राष्ट्रहरूले तीन हप्ताभन्दा पनि कम समयमा तीन खेलको श्रृंखला पूरा गर्न सक्नेछन् ।
२०१७ मा आइसिसीले पहिलो पटक चार दिने टेस्टलाई द्विपक्षीय फर्म्याटमा मान्यता दिएको थियो। इङ्ल्यान्डले २०१९ र २०२३ मा आयरल्यान्ड र गत मे महिनामा जिम्बाब्वेसँग ट्रेन्ट ब्रिजमा चार दिने टेस्ट खेलेको छ।
धेरै साना राष्ट्रहरू समय, खर्च र संसाधनको अभावका कारण दुई-दिने टेस्टमै सिमित रहन्छन्। चार दिने फर्म्याटले उनीहरूलाई बढी टेस्ट र लामो श्रृंखला आयोजना गर्न सजिलो हुनेछ।