शतकीय टि२०आईमा नेपालले टस जित्यो, २ खेलाडीले गरे डेब्यु

काठमाडौँ : स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली आज आफ्नो पहिलो खेल खेल्दैछ।

यो नेपालका लागि सयौं टी–२० अन्तर्राष्ट्रिय खेल हो, जसमा कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्नेछ।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरिसकेको छ।

आजको खेलमा नेपालका लागि रुपेश सिंह र किरण ठगुन्नाले अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका छन्।

नेपालको प्लेइङ ११:

लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

प्रकाशित : सोमबार, असार ०२, २०८२१९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१०० औँ खेल जित्न नेपालले पायो प्रतिस्पर्धात्मक लक्ष्य, जित हात पार्ला त ?