काठमाडौँ : नेपाली क्रिकेटप्रेमीहरुलाई नेपाल क्रिकेट सङ्घ(क्यान) ले खुशीको खबर प्रदान गरेको छ।
क्यानले बिहिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट हाल्दै खुशीको खबर दिएको हो।
क्यानका अनुसार नेपालले यहीँ सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ३ खेलको टि २० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।
नेपालले युएईस्थित शारजाह क्रिकेट स्टेडियममा २८ सेप्टेम्बर, २९ सेप्टेम्बर र ३० सेप्टेम्बरमा गरी ३ टि२० आई खेल्नेछ।
यो खेल ओमनमा यहीँ अक्टोबरबाट हुन् लागेको टि२० वर्ल्डकप एसिया क्वालिफायारको तयारीको लागि हुनेछ।