४ खेलमा नेपालको तीन जित, ब्याटिङमा आरिफ चम्किदा बलिङमा चम्किए नन्दन र सन्दीप

नेपालले आजकाे दोस्रो खेलमा नेदरल्याण्ड्समाथि १६ रनले जित हात पार्दै एक साता भित्र लगातार दुइ खेलमा पहिलो पटक विजय हासिल गरेको छ।

स्कटल्यान्डको डन्डीमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३६ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको अर्धसतकीय पारी खेले। उनले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतले उक्त रन बनाएका हुन्।

यस्तै भीम सार्की र कप्तान रोहितकुमार पौडेलले ३५/३५, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११/११ तथा नन्दन यादवले अविजित १० रन बनाए।

बलिङमा नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिए । माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट झारे।

नेपालले रनिङ अन पिचको उल्लंघनका कारण २ पटक ५–५ रनले सजाय भोग्नु परेको थियो, जसबाट नेदरल्याण्ड्सले आफ्नो इनिङ बिना बल खेलेर १०/० मा शुरू गर्ने अवसर प्राप्त गर्यो । दोस्रो इनिङमा नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल–आउट हुँदै २२० रनमै समेटियो।

नन्दन यादव र सन्दीप लामिछानेले समान ३–३ विकेट लिँदै बलिङमा शानदार योगदान दिए, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए । अन्तत :  नेपाल १६ रनले विजयी भयो, जसले गर्दा यस सातामा नेदरल्याण्ड्समाथि निरन्तर दुई जीत हासिल गर्ने ऐतिहासिक उपलब्धि बन्यो ।

यो सफलतापछि आठ टोली सहभागी लिग–२ मा नेपाल १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा उक्लिएको छ, जबकि पराजित नेदरल्याण्ड्स २३ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा कायम रहेको छ ।

प्रकाशित : मङ्गलबार, जेठ २८, २०८२२३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेदरल्यान्ड्समाथि धावा बोल्यो नेपालले, सनसनीपूर्ण प्रदर्शनले गर्यो ‘क्लिन स्विप’