घरमा पाहुना आएका बालकको पोखरीमा डुबेर मृत्यु

झापा, जेठ २४ गते : अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ ।

मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए।

आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्‍याएका थिए ।

अस्पतालका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए। हाल दुवै बालकको शव अस्पतालमै छ । रासस

प्रकाशित : शनिबार, जेठ २५, २०८२१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दोलखामा बोलेरो दुर्घटना : २ जनाको ज्यान गयो, ३ घाइते