आरसिबीको विजयोत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु

एजेन्सी : बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ ।

यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

घटना स्थलमा लाखौँ मानिसको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिस अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् ।

मङ्गलबार पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।

प्रकाशित : बिहिबार, जेठ २३, २०८२००:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लयमा फर्कियो नेपाल : देशाई हुँदा १० खेलमा २ खेल जितेको नेपालले ल आएपछि २ खेलमा निकाल्यो २ जित