मकवानपर : मकवानपुरको इन्द्रसरोवर गाउँपालका ४ चौतारा घर भएका एक वृद्धको भर्याङबाट लडेर मृत्यु भएको छ ।
विद्युत् नभएको समयमा टर्च लाइट खोज्ने क्रममा पक्की घर भएको एक तल्लाको भर्याङबाट लडेर गम्भीर भएका सूर्यबहादुर थिङको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहीबार राति भर्याङबाट लडेर भुईमा खसी घाइते हुनुभएको ७० वर्षीय थिङको बयोधा हस्पिटल बल्खु काठमाडौँमा उपचारको क्रममा शनिबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
आजदेखि निफ्राको ग्रिन बन्ड
काठमाडौं, जेठ १८ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) आइतबारदेखि हरित ऋणपत्र (Green Bond) जारी गरेको छ। यो बन्ड सात वर्षे अवधिको हुनेछ र वार्षिक ६ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ।
यसअघि नै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति लिइसकेको निफ्राले प्रतिकित्ता मूल्य हजार रुपैयाँ रहने गरी कुल ५० लाख कित्ता, अर्थात् पाँच अर्ब रुपैयाँ बराबरको बन्ड बिक्री गर्न लागेको हो।
जसमध्ये दुई अर्ब रुपैयाँ बराबरको बन्ड सामूहिक लगानी कोष र सर्वसाधारणलाई सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ।
बाँकी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत लगानीकर्तालाई प्रत्यक्ष बिक्री गर्ने योजना छ।
बन्डमा लगानी गर्न इच्छुकले आवेदन दिन सक्ने समय जेठ २१ गतेदेखि सुरु भई असार १ गतेसम्म खुला रहनेछ।
यस बन्डको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइएमबी एस क्यापिटलले लिएको छ।