आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, जेठ १८ गते : गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन तोलामा रु ३०० ले बढेको छ ।

सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित : आइतबार, जेठ १९, २०८२१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लोडसेडिङ हुँदा टर्च लाइट खोज्ने क्रममा भर्‍याङबाट लडेर एकको मृत्यु