वनमा एक पुरुषको शव फेला

बाँकेको कोहलपुर नगरपालिका–१२ अन्तर्गत दाउनाचोकस्थित दलित सामुदायिक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। शनिबार बिहान उक्त शव फेला परेको हो।

प्रारम्भिक रूपमा शवको पहिचान नखुलेपछि सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरिएको थियो।

केही घण्टापछि मृतकका आफन्तहरूले प्रहरीसँग सम्पर्क गरेपछि शवको पहिचान भएको हो।

मृतक सल्यानको छत्रेश्वरी गाउँपालिका–६ राणा गाउँका अन्दाजी ५२ वर्षीय नरनाथ योगी हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, योगीको मृत्युको कारण र उनी सो सामुदायिक वन क्षेत्रमा कसरी पुगे भन्नेबारेमा हाल अनुसन्धान भइरहेको छ।

शवको पहिचानपछि थप विवरणहरू संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : शनिबार, जेठ १८, २०८२२१:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि