म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ अन्तर्गत कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय निरज मल्लको शव सशस्त्र प्रहरी बलका गोताखोरहरूले फेला पारेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४, कालिका गण कास्कीबाट खटिएको टोलीले निरीक्षकको नेतृत्वमा सोमबार दिउँसो करिब १२:३० बजे नदीको करिब १५ फिट गहिराइबाट उनको शव उद्धार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
मल्ल शनिबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
उनको खोजीका लागि गणबाट चार जना गोताखोर र विपद् व्यवस्थापन तालिमप्राप्त पाँच जना गरी कुल १९ सदस्यको टोली परिचालन गरिएको थियो।