आँप टिप्न गएकी बालिकाको रुखले च्यापेर मृत्यु

कपिलवस्तु नगरपालिका वडा ८ मैनिहवामा एक बालिकाको रुखले च्यापेर मृत्यु भएको छ । आँधी हुरी आएको बेला बगैचामा आँप टिप्न गएको बेलामा रुखले च्यापेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार बगैँचामा आँप टिप्नेक्रममा रुखले च्यापेर एक बालिकाको मृत्यु भएको बताए।

कपिलवस्तु नगरपालिका वडा ८ मैनिहवा बस्ने गयाप्रसाद केवटकी १४ वर्षिया छोरी विद्यावती केवटको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।

केवटको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा ल्याइएको प्रहरीको भनाइ छ ।

प्रकाशित : शुक्रबार, जेठ ०३, २०८२१८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :