टिम डेभिडको रमाइलो : ट्रेनिङ गर्दागर्दै पानी परेपछि मैदानमै पौडी खेले

एजेन्सी : रोयल च्यालेन्जर्स बेङ्लुरुका अस्ट्रेलियाली ब्याट्सम्यान टिम डेविडले बिहीबार एम्. चिन्नास्वामी रंगशालामा अविस्मरणीय क्षण सिर्जना गरे ।

टिमको ट्रेनिङ सेसन वर्षाका कारण अवरुद्ध हुँदा अरू खेलाडीहरुले मैदान छाडे, तर डेविडले भने मैदानमै रहेर मस्ती गर्दै कभरमा हाम फालेर पौडी खेलेका छन्।

पौडी खेलेर मैदानबाट बाहिरिएर ड्रेसिङ रुममा फर्किएका उनलाई टिममेट्सले ताली बजाएर स्वागत गरेपछि झन् त्यहाँ खुशीको माहोल बनेको थियो।

रोयल च्यालेन्जर्स बेङ्लुरुले डेविडले पानी रुझेर रमाईलो मानिरहेको भिडियो आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पोस्ट गरेको छ ।

भारत – पाकिस्तान युद्दपछि रोकिएको आईपिएल शनिबारबाट पुन :  सुचारु हुँदैछ। शनिबार नेपाली समय अनुसार ७ : ४५ बजे एम.  चिन्नास्वामी स्टेडियममा  रोयल च्यालेन्जर्स बेङ्लुरु र कोलकोता नाइट राइडर्स भिड्दैछन्।

प्रकाशित : शुक्रबार, जेठ ०३, २०८२१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसपाली वर्षा फाप्यो नेपाललाई, महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा पुग्यो