बजारमा ह्वात्तै बढ्यो कालो अङ्गुरको भाउ

काठमाडौँ : स्थानीय बजारमा कालो अंगुरको भाउ निकै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार थोकमा कालो अंगुरको मूल्य प्रति किलो ८६ रुपैयाँले उक्लिँदै ३२६ रुपैयाँ पुगेको छ।

बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर बिक्रीमा छन्। शनिबारसम्म कालो अंगुर थोकमा २४० रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको थियो भने आइतबारै त्यसको भाउ ८६ रुपैयाँले बढेको हो।

अर्कोतर्फ, हरियो अंगुरको मूल्य स्थिर रहँदै १९० रुपैयाँ प्रति किलोमै किनबेच भइरहेको छ।

इतिहास हेर्दा, १७ फागुन २०८१ मा यहाँ कालो अंगुर २५३–२८० रुपैयाँ बीचमा, र हरियो अंगुर १५३–१८० रुपैयाँसम्म कारोबार भएको थियो।

यसभन्दा अघि माघ महिनामा थोक मूल्यमा हरियो अंगुर १९०–२०० रुपैयाँ र कालो अंगुर २८० रुपैयाँमै किनबेच भएको थियो।

पुसदेखि बजारमा अंगुर आपूर्ति हुन थालेको थियो; त्यतिबेलासम्म होलसेलमा अंगुर किलोको २५०–३५० रुपैयाँसम्ममा बिक्रीमा आइरहँदा आजको यो मूल्य वृद्धि देखिएको हो।

प्रकाशित : आइतबार, बैशाख २८, २०८२१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लिभिङ टुगेदरमा बसेर ब्ल्याकमेलिङ गरेर पैसा माग्ने गरेपछि कोरियामा सरकारले एनओसी नदिने