मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु

काठमाडौँ : नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई दाजुभाइको मृत्यु भएको छ।

कावासोती–१ स्थित लोकाह खोला नजिकै दुर्घटना हुँदा कावासोती–११ शान्ति टोलका २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर दर्लामीलाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

प्रहरीका अनुसार, देवचुलीको मुण्डेबाट लोकाह तर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अत्यधिक गतिमा अनियन्त्रित भई सडक छेउमा रहेको कल्भडमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको कारण उच्च गतिले नियन्त्रण गुम्नु रहेको अनुसन्धानमा प्रारम्भिक रुपमा देखिएको छ।

प्रकाशित : शनिबार, बैशाख २७, २०८२२१:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :