खुकुरी प्रहार गरी श्रीमतीको क्रूरतापूर्वक ह*_त्या, आफैँ गरे आत्मसमर्पण

काठमाडौँ : झापाको कनकाई नगरपालिका–२ सुकेडागीमा एक दम्पतीबीच भएको घटनामा श्रीमान् कविराज हेमरनले आफ्नै पत्नी पूजा हेमरनलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् र त्यसपछि प्रहरीकै सामु आत्मसमर्पण गरेका छन्।

शनिबार राती करिब ११ बजेर २० मिनेटको समयमा भएको घटनामा, ३५ वर्षीया कविराज हेमरनले ३४ वर्षीया पूजा हेमरनको घाटीमा धारिलो खुकुरी प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले घटनास्थलबाट खुकुरी बरामद गरी कविराज हेमरनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तीव्र पारेको छ। मृतकको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ।

प्रकाशित : आइतबार, बैशाख २८, २०८२११:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्तरराष्ट्रिय बजारमा गिरावट आउँदा नेपालमा पनि घट्यो सुनको मूल्य