कुसुम शर्मा उर्फ ‘सकम्बरी’ ले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

काठमाडौँ : प्रकाश सपुतको हिट गीत ‘सकम्बरी’ मार्फत मोडलिङ दुनियाँमा ख्याति कमाएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन्।

उनले मङ्गलबार प्रेमी विश्वास अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन्।

चितवनमा सम्पन्न उक्त इन्गेजमेन्ट समारोहमा दुवैजनाका परिवार र निकटतम आफन्तको उपस्थिती रहेको थियो। केही समयको प्रेमलाई अब छिट्टै विवाह बन्धनमा परिणत गर्ने तयारीमा रहेकी कुसुमले छिट्टै विवाह गर्ने जानकारी गराएकी छन्।

दुवै परिवारको सहमति र आशीर्वादमा सम्पन्न इन्गेजमेन्ट कार्यक्रम अत्यन्तै भव्य भएको बताइएको छ।

म्युजिक भिडियो र चलचित्र दुवैमा व्यस्त रहेकी कुसुमले ‘वर एण्ड वधु’बाट फिल्म उद्योगमा कदम राखिसकेकी छिन्। ‘सकम्बरी’ पछिका दर्जनौँ म्युजिक भिडियोलाई समेत उनले जीवन्त अभिनय दिईसकेकी छिन्।

प्रकाशित : बुधबार, जेठ ०१, २०८२१०:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

८ महिनामै टुट्यो अभिनेत्री अरुणिमा लम्साल र युवराजको वैवाहिक सम्बन्ध