नदी किनारमा बेवारिसे शव फेला

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी व्यारेज पुलदेखि करिब ३०० मिटर दक्षिणतिर नदी किनारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार, नाम र ठेगाना नखुलेको र उमेर करिब ४२ वर्ष जतिको देखिने तराई मूलका उक्त पुरुष शुक्रबार पानीमा घोप्टो परेको अवस्थामा भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको यो कार्यालयले जनाएको छ।

प्रकाशित : शनिबार, बैशाख २७, २०८२१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :