मलेसियाको तटमा सपरिवारसहित खुलेर रमाउँदै प्रियंका

काठमाडौँ : नेपाल चलचित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका कार्की सपरिवारसहित मलेसियामा गर्मीको भरपूर मज्जा लुटिरहेकी छिन्। अभिनेत्री कार्की परिवारसँग मलेसियाको क्वान्टानस्थित पुतेह समुन्द्री तटमा पौडी खेल्दै गर्मी भुलाईरहेकी छिन्।

अभिनेत्री कार्की आफ्नी छोरी आयन्का, श्रीमान् आयुष्मान देशराज जोशी , देवर आशिरमान डिएस जोशी, सासुआमा रवीना देशराज श्रेष्ठ र ससुरा स्टुआर्ट चापम्यानसँग खुलेर गर्मी बिदा मनाईरहेकी छिन्।

कार्कीका सासुआमा रवीनाले परिवारका रमाइला पलहरू समेटिएका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छिन्, जसमा सबैजना खुशी देखिन्छन्।

तस्बिरमा कार्कीकी ३ वर्षीय छोरी आयन्का परिवारसँग रमाउँदै गर्दै निकै क्युट देखिन्छिन्।

तस्बिर हेर्दा सासु र बुहारीबीचको प्रगाढ सम्बन्धले सबैलाई मोहित बनाएको देखिन्छ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०८२१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘समर लुक्स’ मा लोभलाग्दो अवतारमा देखिईन् केकीअधिकारी (हेर्नुस् तस्बिरहरु)