काठमाडौँ : नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री केकी अधिकारीका लागि २०८१ साल उपलब्धीमूलक रह्यो।
उनको निर्माण र प्रमुख भूमिकामा बनेको फिल्म ‘बोक्सीको घर’ ले बक्स अफिसमा राम्रो कमाई गर्यो। यससँगै उनको अभिनयको चौतर्फी प्रशंसा पनि भयो।
शुक्रबार ब्यानरबाहिरको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ विहीबार आयोजित पत्रकार सम्मेलनमा केकी अधिकारी निकै सुन्दर पहिरनमा देखिएकी थिईन्।
फेशन र ग्ल्यामरको मामलामा केकीले ‘ब्रेन विथ ब्युटी’ को लेबल पाएकी छिन्। अभिनेत्री केकीले आफ्नो सामाजिक सञ्जालमा समर–लुक्सका आकर्षक फोटाहरू सेयर गरेकी छन् ।
विशेष गरि स्लीवलेस कालो आउटफिट र फूल डिजाइन्ड ड्रेसमा उनी अत्यन्तै स्टनिङ देखिएकी छन्, जसले गर्मीयामको उनकै सुन्दरतामा थप चमक थपेको छ ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘के घर के डेरा : घर नं. २’ सोसल ड्रामा हो ।
जेठ २ गते प्रदर्शन हुने चलचित्रको कथा लेखक बुद्धिसागरले लेखेका हुन्। चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
कृष्णबहादुर थापाको छायाकन रहेको चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन्।